
काठमाडौं, फागुन २२। साताको पहिलो कारोबार दिन आइतबार नै नेप्से ओरालो लागेको छ । आज नेप्से तीन दशमलव ६६ अंकले घटेर २५ सय ४३ दशमलव ३९ सीमित हुँदा सेन्सिटिभ भने एक दशमलव ३१ अंकले बढेर चार सय ९० दशमलव १३ अंकमा पुग्न सफल भएको छ ।
नेप्सेमा आज दुई सय ३० वटा कम्पनीहरूको ४५ हजार छ सय २२ पटकको कारोबारमा ५१ लाख ३९ हजार दुई सय ३९ कित्ता किनबेच भएको छ । जसबाट आज कुल कारोबार रकम दुई अर्ब ४९ करोड ३२ लाख ४१ हजार दुई सय ७३ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकाछन् । सो मध्ये वाणिज्य बैंक, विकास बैंक, होटल तथा पर्यटन र अन्य समुह सहितका चार वटा समुहहरूको सूचक बढेकाछन् भने जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, ट्रेडिङ, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका नौ वटा समुहहरूको सूचक घटेकाछन् ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज मैलुङ खोला जलविद्युत कम्पनी, नेपाल ल्युव आयल, ग्रीन डेभलपमेन्ट बैंक, युनाइटेड इदीमर्दी हाईड्रो पावर कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने आईसीएफसी फाइनान्सको संस्थापक शेयर, रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन ऊर्जा विकास कम्पनी, नेरुडे लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने शिवम् सिमेन्ट, हिमालयन डिस्ट्रिलरी प्रालि, अपि पावर लिमिटेड आदि परेका छन् ।