Kath khabar
दैनिक राशिफल

काठमाडौं, फागुन २३ । दैनिक राशिफल ९वि।सं। २०७८ फागुन २३ गते सोमबार, तदनुसार ई।सं। ७ मार्च २०२२, फागुन शुक्ल पञ्चमी तिथि

मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ
दिन अनुकुल रहनेछ। अनुहारमा कान्ति छाउनेछ। सुख-आनन्द प्राप्त हुनेछ भने उपहार पनि प्राप्त हुनेछ।   

वृषः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अनावश्यक यात्राले धन र समय खर्च हुनेछ। व्यर्थको भागदौडले उर्जा/समय र धनको व्यय गराउनेछ। 

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह
व्यापार-व्यवसायमा मनग्य लाभ मिल्नेछ । सन्तान र जीवनसाथीबाट सुख सन्तोष प्राप्त हुनेछ। धन लाभको प्रवल सम्भावना छ। 

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज गरेका कार्य सिद्ध हुनेछन्। कार्यक्षेत्रमा उच्च अधिकारीबाट मान सम्मान प्राप्त हुनेछ। स्वास्थ्य कुशल रहनेछ।  

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे
दिनभर मानसिक तनाव र स्वास्थ्यमा गडवडि देखिनेछ।  अध्यात्मतिर मन जानेछ।  यात्रा फलदायी रहने छैन।  

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मनमा अशान्ति बढ्नेछ। पुरानो रोगले सताउनेछ भने आकस्मिक रुपमा धन हानी हुन सक्नेछ। 

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते
व्यापार व्यवसायमा सोचे जस्तै सफलता हात पर्नेछ। यात्रा सुखद र लाभप्रद रहनेछ भने जीवनसाथीको साथ र सहयोग पनि प्राप्त हुनेछ। 

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु
स्वास्थ्यमा सुधार आउनेछ भने मन प्रसन्न रहनेछ। शत्रु माथि विजय प्राप्त हुनेछ। यात्रा कष्टकर र निरासाजनक हुनेछ।  

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
विधार्थीको लागि मन पढाईमा लाग्ने छैन। प्रेमीबीच केहि तिक्रता बढ्नेछ। यात्रा कष्टकर र निरासाजनक हुनेछ। 

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि
पारिवारिक कलहका कारण मन अशान्ति र अस्थिर  रहनेछ। वादविवाद बढ्न सक्नेछ।

कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द
आफन्तको सहयोग कार्य सिद्धी र धन प्राप्ति हुनेछ। मिष्ठान्न भोजन र आभुषण प्राप्त होला। 

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि
काममा अवरोधका कारण मानसिक तनाव बढ्नेछ। स्वास्थ्य खराव रहनेछ भने आर्थिक नोक्सानीको सामना गर्नुपर्ला।

बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्
दिव्य ज्योतिष तथा वास्तु परामर्श केन्द्र, ९८४९१३७२८०

प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  ०५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update