Kath khabar
झनै चुलियो तरलता अभाव, १० अर्ब मात्रै तरलता !

काठमाडौं, फागुन २३। बैंकहरुले दिने कर्जाका लागि आवश्यक पर्ने लगानीयोग्य रकमको अभाव चुलिएर गएको देखिएको छ । लगानीयोग्य रकमको अभाव भएपछि बैंकहरुले एक आपसमा लिने सापटीको ब्याज पनि ७ प्रतिशत नजिक पुगेको छ । जबकी गत वर्षको यही समयमा शून्य दशमलव पाँचको हाराहारीमा रहेको छ ।

बैंकहरुमा निक्षेप संकलन बढ्न सकेको छैन । तर कर्जाको माग भने उच्च मात्रामा बढेर गएको छ । फागुनका दुई सातामा १ अर्बले निक्षेप बढ्दा बैंकहरुले दिने ऋण भने ७ अर्बले बढेको छ  ।

गत माघमा महिनामा मात्रै पनि ७ अर्ब निक्षेप थपिदा कर्जा भने ११ अर्बले बढेको थियो । यसरी हेर्दा निक्षेप तुलनामा निरन्तर कर्जा उच्च मात्रामा गइरहेको छ। जसका कारण बजारमा लगानीयोग्य रकमको अभाव भएको छ । शुक्रबार तरलता १० अर्ब ३९ करोड रहेको राष्ट्र बैंकको आँकडा छ । जबकी महामारीका समयमा यो २ खर्बभन्दा बढि रहेको थियो ।

तरलता अभाव भएपछि बैंकहरुले एक अर्कासँग सापटि लिने रकमको ब्याज पनि उच्च मात्रामा बढेको देखिन्छ । बिहीबार अन्तर बैंक ब्याजदर ६ दशमलव नौ सात पुगेको छ । यसले बैंकहरुमा तरलताको अभाव चर्किएको प्रष्ट हुन्छ । सरकारी खर्च बढेर तरलता सहज नहुँदासम्म यसले निरन्तर निक्षेपको ब्याज मात्रै हैन उनिहरुले ग्राहकबाट लिने ऋणको ब्याजदर पनि निरन्तर बढ्ने देखिन्छ ।

 

प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update