Kath Khabar
नेप्सेमा झिनो अंकले सुधार, एक दशमलव ५५ अंकले बढ्दा दुई अर्ब ६० करोडको कारोबार


काठमाडौं, फागुन २३। नेप्से झिनो अंकले बढेको छ। अघिल्लो दिन घटेको नेप्से आज सोमबार एक दशमलव ५५ अंकले बढेर २५ सय ४४ दशमलव ९४ अंकमा चढ्न सफल भएको छ । यसैगरी सेन्सिटिभ पनि दुई दशमलव ४१ अंकले बढेर चार सय ९२ दशमलव ५३ पुग्न सफल भएको छ । दुई सय ३० वटा कम्पनीहरुको ४० हजार एक सय ३० पटकको कारोबारमा आज ५३ लाख १५ हजार दुई सय ९२ कित्ता शेयर खरिद बिक्री भएकाछन् । जसबाट आज कुल कारोबार रकम दुई अर्ब ६० करोड नौ लाख ३० हजार चार सय तीन रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकाछन् । जसमध्ये वाणिज्य बैंक, निर्जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमूलक र अन्य सहितका पाँच वटा समुहहरूको सूचक बढेका छन् भने विकास बैंक, जलविद्युत, फाइनान्स, जीवन बीमा, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका नौ वटा समुहहरूको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी, सर्पोट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था, महुली लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने पाँचथर पावर कम्पनी, मध्यभोटेकोशी जलविद्युत कम्पनी आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने आज शिवम् सिमेन्ट, पाँचथर पावर कम्पनी, नेपाल टेलिकम आदि परेका छन् ।

 

 

प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update