काठमाडौं, वैशाख ३१ । बहुचर्चित फुटबल नेपाल सुपर लिग एनएसएलको फाइनल खेल भोली साँझ साढे पाँच बजे त्रिपुरश्वरस्थित दशरथ रंगशालामा हुनेछ । पहिलो संस्करण एनएसएलको उपाधी जित्ने दाउमा काठमाण्डौँ रेर्जस र धनगढी एफसीले प्रतिस्पर्धा गर्नेछन् । दुवै टिमले उपाधी जित्ने दाबी गरेका छन्।
यी दुवै टिमको यो जारी प्रतियोगितामा तेस्रो भेट हो । अघिल्ला दुइ खेलमा भने धनगढीले बाजी मारेको छ । नतिजाको आधारमा हेर्ने हो भने धनगढी बलियो देखिएको छ । प्ले अफमा धनगढीले काठमाणडौँलाई दुइ एक गोलले हराएर फाइनलमा स्थान बनाएको हो । यता काठमाडौंले ललितपुरलाई तीन सुन्य गोलले हराएर उपाधी नजिक पुगेको हो । प्रि म्याच कन्फरेन्समा के के भन्नु भयो त दुवै टिमका प्रशिक्षक र कप्तानले ?
हाम्रो मनोबल उच्च छ : धनगढी
धनगढीले तीन दिनको विश्राम पछि फाइनल खेल्न लागेको हो । यो उसका लागि फाइदाको कुरा हो । प्रशिक्षक फुजा तोपेः काठमाण्डौँ बलियो टिम हो । अघिल्ला दुई भेटमा उसले हामीलाई कडा चुनौती दिएको छ । भोलीको खेल पनि प्रतिस्पर्धात्मक हुनेछ भन्ने अपेक्षा रहेको छ । नियमित सेटका सबै खेलाडी फिट छन् । काठमाण्डौँसँग प्रतिस्पर्धा गर्न हामी तयार छौँ । उपाधी हामी नै जित्ने छौँ ।
कप्तान, किरण चेम्जोङ : फाइनलसम्मको यात्रा सहज थिएन । पहिलो खेल गुमाएपनि हामीले त्यसपछि लय समायो र फाइनल सम्मको यात्रा तय गरेका हौँ । सबै खेलहरु सुपर थिए । कठिन थिए । यस अघिका खेलहरु जितेपनि फाइनल भने अझ बढि चुनौतीपुर्ण हुनेछ । त्यसका लागि हामी तयार छौँ । मेरा टिम मेट्सले पनि मेहेनत गरेका छन् । कप्तानीको कुरा गर्दा मेरो लागि देश र क्लबका लागि खेल्नु दुवै एउटै हो । एक महिना अघि हामीले देशका लागि जितेका थियौँ (गत चैतमा किरणको कप्तानीमा नेपालले दशरथ रंगशालामा बंगलादेशलाई हराउँदै उपाधी जितेको थियो) भने यो पल्ट क्लबका लागि उपाधी उचाल्ने बेला आएको छ । आशा छ हामी जित्नेछौँ ।
उपाधी घरमै राख्छौँ : काठमाण्डौँ रेर्जस
प्रशिक्षक, बालगोपाल मर्हजन : कोरोना महामारीका बिच व्यवस्थित खेल कसरी सञ्चालन गर्न सकिन्छ भन्ने राम्रो उदाहरण नेपाल सुपर लिग बनेको छ ।काठमाडौंमै भइरहेको लिगमा काठमाण्डौँ रेर्जस फाइनलमा प्रवेश गरेको छ । काठमाडौंमा निषेद्यज्ञा छ, सबै ठप्प छन् । सरकारले कसैलाई घर बाहिर निस्किन दिएको छैन । हामीले पनि यो उपाधीलाई कतै पनि जान दिने छैनौँ । ट्रफी घरमै राख्छौँ र लिगको कुरा गर्दा यसको खेल तालिका व्यवस्थित छैन । आगामी सस्करणमा यसलाई आयोजकले सुधार्ने छन् भन्ने विश्वास छ । रह्यो कुरा फाइनलको । लिगचरण र प्ले अफमा हामीले हारे पनि फाइनलमा कमि कम्जोरी सुधारेर मैदान उत्रने छौँ । हामीसँग गर वा मरको अवस्था छ । जितको विकल्प छैन । भोली हामी जित्ने मानसिकताले मैदानमा उत्रने छौँ ।
कप्तान, विकेश कुथु : एनएसएसको कुरा आएपछि हामी सबै उत्साहित थियौँ । यो प्रतियोगिता सफल पार्न सरकार, आयोजक, टिमहरुले सहयोग गर्नुभयो । त्यसको लागि धन्यवाद । हामी फाइनलसम्म जित, हार र बराबरी खेल्दै पुग्यौँ । धेरै उतारचढाव ब्येहोरि उपाधी नजिक पुगेका छौँ । दर्शक भएको भए झन् अझ उत्साहित हुने थियौँ । तर ठिकै छ आगामी सस्करणमा हामीले उहाहरुको साथ पाउनेछौँ र धनगढी अघिल्ला खेलमा भएको गल्तीलाई हामी फाइनलमा सुधारि उपाधी आफ्नो बनाउने छौँ । मेरो कप्तानीमा यो पहिलो उपाधी हुनेछ ।