Kath khabar
दैनिक राशिफल

काठमाडौं, फागुन २४ । दैनिक राशिफल (वि.सं. २०७८ फागुन २४ गते मंगलबार, तदनुसार ई.सं. ८ मार्च २०२२, फागुन शुक्ल षष्ठी तिथि)

मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ
धन सम्बन्धि रोकिएका काम पुरा हुनेछन। आफ्नो प्रभाव छोड्न सकिनेछ। कुटुम्बसँगको सम्बन्ध प्रगाड बन्नेछ।  

वृषः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
दिनको उत्तरार्ध यहाँको लागि फलदायी हुनेछ। रोकिएका काम पुरा हुने तथा नयाँ कार्यको सुरुवात हुनेछ।

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह
आर्थिक कारोवार दिनको पुर्वार्धमा गर्नु उचित हुनेछ। आज कुनैपनि महत्वपूर्ण फैसला नलिनु नै बेस होला।   

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
दिन सकारात्मक छ। नयाँ क्षेत्रमा लगानी गर्न उचित रहनेछ। धनलाभ प्रशस्त हुनेछ भनी सबैको तारिफ पनि मिल्नेछ।

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे
भाग्य र कर्म दुवैले साथ दिनेछन्। सामाजिक र राजनैतिक क्षेत्रमा वर्चश्व बढ्नेछ। शत्रु परास्त हुनेछन्।    

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो
स्वास्थ्यसँग सम्बन्धित समस्या हटेर जानेछ। धार्मिक यात्रा हुनसक्छ। शरीरमा स्फूर्ति बढ्नेछ।   

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते
जीवनसाथीको स्वास्थ्यमा समस्या आउन सक्छ। दिनभर भागदौड बढ्नेछ भनी शारीरिक उर्जा र समय खेर जानेछ।  

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु
शत्रुमाथि विजय प्राप्त हुनेछ। जीवनसाथीसँग तालमेल नमिल्न सक्छ भनी साझेदारी व्यापारमा केहि मनमुटाव हुन सक्छ।    

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
विधार्थीको लागि पढाईमा मन जाने छैन। व्यर्थको कार्यमा समय, धन र उर्जा खेर जानेछ। शत्रु वृद्घि हुनेछन्।

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि
जीवनसाथीसँग प्रेम सम्बन्ध कसिलो हुनेछ। शैक्षिक तथा सृजनात्मक क्षेत्रमा रुचि बढ्नेछ। सन्तानबाट केहि कष्ट मिल्नेछ।

कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द
घरायसी कलह बढ्नेछ। शत्रु पक्ष हावी हुनेछन्। आकास्मिक रोग र कष्टले मानसिक तनाव बढ्नेछ भने धन व्यय पनि हुनेछ।

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रेममा सफलता मिल्नेछ। विधार्थीको लागि पढाईमा मन लाग्ने छैन। पुरानो मित्रसँग आकस्मिक भेटघाट हुनसक्छ।

बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्
दिव्य ज्योतिष तथा वास्तु परामर्श केन्द्र, ९८४९१३७२८०

प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  ०६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update