Kath khabar
दैनिक राशिफल

काठमाडौं, फागुन २५। दैनिक राशिफल (वि.सं. २०७८ फागुन २५ गते बुधबार, तदनुसार ई.सं. ९ मार्च २०२२, फागुन शुक्ल सप्तमी तिथि)

मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मानसिक तनाव तथा कुटुम्बसँग वैमनस्यता बढ्न सक्छ । बोलीमा रुखोपन आउन सक्छ भने बोलीकै कारण झमेलामा पर्न सक्ने सम्भावना छ ।

वृषः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पराक्रम बढ्नेछ भने मेहेनत अनुसारको फल प्राप्त हुनेछ । कला साहित्य क्षेत्रमा नयाँ बाटो साथै सफलता पनि प्राप्त हुनेछ ।

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह
दिन यहाँको पक्षमा रहने छैन । व्यर्थको भागदौडले श्रम उर्जा र धन नाश गराउनेछ भने मानसिक तनाव पनि बढ्नेछ ।

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आकस्मिक धनलाभको योग छ । नयाँ लगानी गर्ने अवसर प्राप्त होला । स्वास्थ्यको ख्याल राख्नुहोला ।

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे
नयाँ लगानीको लागि दिन ठिक रहनेछैन । कार्यक्षेत्रमा दुश्मन बढ्न सक्नेछन् भने गरेको कार्यको जस पाउन पनि गाह्रो छ ।

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो
भाग्यको राम्रो साथ मिल्नेछ । आय आम्दानी बढेर जानेछ भने धार्मिक कार्यमा पनि रुचि बढ्नेछ ।

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते
धेरै धपेडीका कारण शारीरिक र मानसिक थकान बढ्नेछ । पुरानो रोगले दुःख दिन सक्नेछ । आर्थिक नोक्सानी सहनुपर्ला ।

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु
बोलीको प्रभाव बढ्नेछ । धार्मिक कार्यले आर्थिक लाभ र कुटुम्ब माझ आफ्नो वर्चश्व बढाउनेछ । बोलीको कठोरता आउनेछ ।

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
विदेश वा लामो दूरीको यात्रामा सफलता मिल्नेछ । आकस्मिक धनलाभ हुन सक्नेछ । धैर्यताको कमीले गर्दा मानसिक अशान्ति बढ्नेछ ।

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि
जीवनसाथीको स्वास्थ्यमा समस्या आउन सक्छ । खर्च बढ्ने तथा वादविवाद बढ्नेछ । साझेदारी व्यापारमा नोक्सानी व्यहोर्नुपर्नेछ ।

कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द
रोग शोक र भयले सताउनेछ । शत्रु वृद्धि भएतापनि जीत यहाँकै हुनेछ । आय आम्दानी मध्यम रहनेछ ।

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि
स्वज्ञान र विवेकको प्रयोगले उच्च अधिकारीको विश्वास जित्न सकिनेछ । नोकरीमा प्रमोसन वा मान पदवी प्राप्त हुनेछ । पढाई र प्रेममा सफलता मिल्नेछ ।

बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्
दिव्य ज्योतिष तथा वास्तु परामर्श केन्द्र, ९८४९१३७२८०

प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८  ०५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update