Kath khabar
दैनिक राशिफल

काठमाडौं, फागुन २६। दैनिक राशिफल (वि.सं. २०७८ फागुन २६ गते बिहिबार, तदनुसार ई.सं. १० मार्च २०२२, फागुन शुक्ल अष्टमी तिथि)

मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पैतृक सम्पत्तिको विवाद हल हुनेछ । घरायसी सुख प्राप्त हुनेछ भने आफन्त र साथी भाईको साथ मिल्नेछ ।

वृषः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पराक्रम बढ्नुका साथै अधुरा काम पुरा हुनेछन् । सिर्जनात्मक कार्यमा रुचि बढ्नेछ । गरेका काम सबै सफल हुनेछन् ।

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह
आफन्तसँग मनमुटाव तथा वादविवाद हुनसक्छ । धन, समय र उर्जा त्यसै खेर जानेछ भने स्वास्थ्यमा पनि केहि समस्या आउन सक्नेछ ।

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आय आम्दानीका नयाँ नयाँ मार्ग खुल्नेछन् । लगानीको अवसर मिल्नेछ भने शत्रुपक्ष पनि दबेर जानेछन् ।

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कार्यक्षेत्रमा रुकावट तथा अपजसको सामना गर्नुपर्ला । व्यर्थको भागदौड बढ्नाले समय, उर्जा र धन नाश हुनेछ ।

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आर्थिक पक्ष सबल रहनेछ । भाग्यको साथले गरेका सम्पूर्ण कार्य सफल हुनेछन् । धार्मिक यात्रा हुनसक्छ ।

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते
व्यर्थको भ्रमण हुनसक्नेछ । कार्यक्षेत्रमा धपेडी र खानपिनको तालमेल नमिल्दा रोगले सताउन सक्नेछ ।

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु
दाम्पत्य जीवन सुमधुर रहनेछ । यात्रामा तथा साझेदारी व्यापारमा लाभ मिल्नेछ ।

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
शरीरमा रोग, पिडा र आलस्य बढ्नेछ । जोश, जाँगर हराएर जानेछ । शत्रु भय रहनेछ ।

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि
जीवनसाथीबाट साथ सहयोग मिल्नेछ । सन्तान पक्षबाट केहि पिडा हुनेछ भने पढाइमा खासै मन जानेछैन ।

कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द
घरायसी कलह बढ्नेछ । शरीरमा आलस्य छाउनेछ । साथीभाइसँग वादविवाद तथा झैझगडा हुन सक्नेछ ।

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि
विद्यार्थीको लागि दिन कठिन रहनेछ । प्रेमीसँगको सम्बन्धमा तिक्तता आउनेछ ।

बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्
दिव्य ज्योतिष तथा वास्तु परामर्श केन्द्र, ९८४९१३७२८०

 

प्रकाशित मिति: बिहीबार, फागुन २६, २०७८  ०५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update