Kath khabar
काठमाण्डौँ नेपाल सुपर लिगको च्याम्पियन

काठमाडौं, जेठ १ । कठमाण्डौँ रेजर्स नेपाल सुपर लिगको पहिलो संस्करणको बिजेता बनेको छ । फाइनल खेलमा उसले धनगढी एफसीलाई एक शुन्य गोलको जित हात पारेको ।  

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला भएको खेलको पहिलो हाफमा काठमाण्डौँले एक शुन्य गोलको अग्रता बनाएको थियो । खेलको सुरुवात देखि नै संगठित देखिएको काठमाण्डौँका लागि २१औँ मिनेटमा मेसुके ओलुमोउले गोल गर्नु भएको थियो । विशाल राईबाट खोसेर विश्वास श्रेष्ठले दिएको पासमा ओलुमोउले सुन्दर फिनिसिङ गरेका हो ।

यसपछि पुरै डिफेन्सिभ खेलेको काठमाण्डौँले धनगढीलाई गोल फर्काउने मौका दिएन । यही गोल नै काठमाण्डौँलाई उपाधी जिताउन पर्याप्त बन्यो । उहाँको प्रतियोगिताको ८ औँ गोल हो । लिगको अघिल्ला दुइ खेलमा काठमाडौंले धनगढीसँगै पराजय ब्येहोरेको थियो । यो जितसँगै काठमाडौंले ट्रफिसँगै ३५ लाख रुपैयाँ हात पारेको छ । विकेश कुथुको यो कप्तानका रुपमा पहिलो उपाधी हो । यता चरण देखि बलियो देखिएको धनगढी भने उपबिजेतामा सिमीत बनेको छ । 

प्रकाशित मिति: शनिबार, जेठ १, २०७८  १९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update