विश्वमै पहिलोचोटी सुँगुरको मुटु प्रत्यारोपण गरेर बाँचेका पुरूषको निधन
बाल्टिमोर, फागुन २६। विश्वमै पहिलो पटक सुँगुरको मुटु प्रत्यारोपण गरेका ५७ वर्षीय अमेरिकी नागरिक डेभिड बेनेटको मंगलबार निधन भएको छ । सुँगुरको मुटु प्रत्यारोपण गरेको दुई महिनापछि उहाँको मृत्यु भएको हो ।
उहाँको मृत्युको कारण प्रष्ट भइसकेको छैन। उहाँलाई सुँगुरको मुटु प्रत्यारोपण गर्ने चिकित्सकहरूले अनुसन्धानपछि मात्रै यसबारे प्रतिक्रिया दिने बताएका छन्।
निकै खतरनाक मुटु रोग भएका बेनेटले आनुवंशिक रूपमा एउटा सुँगुरबाट मुटु प्राप्त गर्नुभएको थियो । यो विश्वमै पहिलोचोटी मानिसमा सुँगुरको मुटुको सफल प्रत्यारोपण थियो । आठ घण्टा लामो यो शल्यक्रिया संयुक्त राज्य अमेरिकाको बाल्टिमोरमा भएको थियो ।
प्रकाशित मिति: बिहीबार, फागुन २६, २०७८ ११:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय