Kath Khabar
नेप्सेमा ५२ अंकको उच्च वृद्धि : अन्य बाहेक सबै सूचक हरियो, झण्डै तीन अर्बको शेयर किनबेच


काठमाडौं, फागुन २६ । नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन ३० अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहीबार ५२ दशमलव २१ अंकले बढेर २५ सय ६६ दशमलव २१ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ पनि छ दशमलव २४ अंकले बढेर चार सय ९३ दशमलव ४३ अंकमा पुग्न सफल भएको छ ।  दुई सय २६ वटा कम्पनीहरुको ४३ हजार पाँच सय ३८ पटकको कारोबारमा ५६ लाख १० हजार छ सय ३१ कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम दुई अर्ब ७९ करोड १८ लाख ७२ हजार नौ सय ७० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएका छन् । सो मध्ये अन्य समुहको सूचक घटेको छ भने वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका १२ वटा समुहहरूको सूचक बढेको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज इर्मजिङ नेपाल लिमिटेड, दिव्येश्वरी हाइड्रो पावर कम्पनी, सप्तकोसी डेभलपमेन्ट बैंक आदिको शेयर मूल्य बढेका छन् भने माउन्टेन इनर्जी नेपाल लिमिटेड, शिवश्री हाइड्रो पावर कम्पनी, युनाइटेड इन्स्योरेन्स कम्पनी आदिको शेयर मूल्य घटेका छन् । यसैगरी आज बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने अपि पावर लिमिटेड, नेपाल बैंक, अरुण भ्याली हाइड्रो पावर कम्पनी, हिमालयन डिस्ट्रिलरी प्रालि आदि परेका छन् ।


 

 

प्रकाशित मिति: बिहीबार, फागुन २६, २०७८  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update