थप एक सय १२ जनामा कोरोना संक्रमण
मृत्यु शुन्य, चार सय २९ जना संक्रमणमुक्त
काठमाडौं, फागुन २६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा एक सय १२ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुुल नौ हजार तीन सय २८ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ११ हजार नौ सय ४९ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप चार सय २९ जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या पाँच हजार तीन सय ४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २६, २०७८ १६:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय