Kath khabar
दैनिक राशिफल

काठमाडौं, फागुन २८ । दैनिक राशिफल (वि.सं. २०७८ फागुन २८ गते शनिबार, तदनुसार ई.सं. १२ मार्च २०२२, फागुन शुक्ल दशमी तिथि)  

मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नबीन वस्त्र तथा धनप्राप्ती हुनेछ । आफन्तको साथ र सहयोग प्राप्त हुनेछ । यात्रामा लाभ तथा शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृषः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
बोलीको प्रभाव बढ्नेछ । मिष्ठान्न भोजन तथा धनप्राप्ती हुनेछ । कुटुम्बको साथ र सहयोग मिल्नेछ ।

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह
मुहारमा कान्ति तथा मनमा आनन्द छाउनेछ । दाम्पत्य सुख प्राप्त हुनेछ भने वस्त्र आभूषण पनि प्राप्त हुनेछ ।

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अनावश्यक यात्राले खर्चमा वृद्धि गराउनेछ । खर्चमा वृद्धि हुने तथा व्यर्थको कार्यमा समय, धन, र उर्जा नष्ट हुनेछ ।

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे
व्यापारीको लागिदिन राम्रो छ । धनलाभ साथै मिष्ठान्न भोजन मिल्नेछ । विपरित लिङ्गीबाट साथ र सहयोग मिल्नेछ ।

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आज गरेका कार्य सिद्धि हुनेछन् । स्वास्थ्यमा लाभ, मानसम्मानमा वृद्धि हुनेछ । कामको तारिफ र पुरस्कार पनि मिल्नेछ ।

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते
लामो दूरीको यात्रामा सफलता मिल्नेछ । भाग्यको साथले गरेका सम्पूर्ण कार्य सफल हुनेछन् । धार्मिक कार्यमा रुचि बढ्नेछ ।

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु
स्वास्थ्यमा केहि गडबडि आउनेछ । अप्रत्यासित संकटले मनमा डरत्रास र शरीरमा कष्ट बढ्नेछ । घाटाको सामना गर्नुपर्ला ।

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
व्यापार व्यवसायमा सन्तोषजनक लाभ मिल्नेछ । दाम्पत्य सुख मिल्नेछ भने यात्रापनि सुखद रहनेछ ।

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि
धन र स्वास्थ्य लाभ हुनेछ । मन प्रसन्न रहनेछ भने शत्रुमाथि विजय प्राप्त हुनेछ । खर्च बढ्न सक्नेछ ।

कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द
पढाईमा सफलता, प्रेममा मधुरता र मनमा प्रसन्नता छाउनेछ । रचनात्मक क्रियाकलापमा मन जानेछ । सन्तान सुख प्राप्तहुनेछ ।

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अशान्ति र निराशा छाउनेछ । पारिवारिक भैझगडाले चिन्ता बढ्नेछ  ।

बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्
दिव्य ज्योतिष तथा वास्तु परामर्श केन्द्र, ९८४९१३७२८०

प्रकाशित मिति: शनिबार, फागुन २८, २०७८  ०६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update