काठमाडौं, फागुन २८। अभिनेता एवम मोडल पल शाह अभिनित गायक राजन तामाङको ‘पवित्र माया’ बोलको गीत बजारमा आएको छ । गायक तामाङको सुमधुर आवाज रहेको उक्त गीतलाई पारिजात नेपालको अफिसियल युटुब च्यानलमार्फत बजारमा ल्याएको हो ।
आर बि लामाले संगीत र रचना गर्नुभएको उक्त गीतलाई गायक एवम संगीतकार कर्साङ लामाले संगीत संयोजन र ध्वनी सम्पादन गर्नुभएको हो । भिडियोमा अभिनेता पल शाह र मोडल गरिमा शर्माको अभिनय समेटिएको छ । राम कुमार केसीले छायांकन र राजिव समरले कोरियोग्राफी गरेको उक्त गीतको म्युजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन, कलर र निर्देशन गर्नुभएको हो ।
अभिनेता पल शाह भने अहिले प्रहरी हिरासतमा रहनुभएको छ । एक नाबालिक गायिकाले करणी गरेको आरोप लागेपछि उहाँ आफै तनहुँँ प्रहरी कार्यालयमा पुुग्नुभएको हो ।
भिडियो लिंक
https://youtu.be/2s0eM6ml9LA