Kath khabar
अञ्जन नेपाल सुपर लिगका उत्कृष्ट स्ट्राइकर

काठमाडौं, जेठ १ । ललितपुर सिटी एफसीका अञ्जन विष्ट नेपाल सुपर लिगका उत्कृष्ट स्ट्राइकर घोषित हुनुभएको छ । काठमाण्डौं ओलुमोउ मेसुकेले उत्कृष्ट मिडफिल्डरको उपाधी जित्नु भयो । उहाँले प्रतियोगिताभर सर्वाधिक ८ गोल गर्नुभएको थियो । धनगढी एफसीका  दिनेश राजवंशी उत्कृष्ट डिफेन्डर हुनुभयो ।

धनगढी एफसीका किरण चेम्जोङ उत्कृष्ट गोल रक्षक घोषित हुनु भयो । काठमाण्डौंलाई नेपाल सुपर लिगको पहिलो संस्करणको च्याम्पियन बनाउने बालगोपाल मर्हजनका उत्कृष्ट प्रशिक्षक घोषित हुनु भयो । विधागत रुपमा उत्कृष्ट हुने सबैले एक–एक लाख रुपैयाँ प्राप्त गर्नुभयो ।

काठमाण्डौं रेजर्सका लागि विश्वास श्रेष्ठ इमर्जिङ प्लेयर अफ द टुर्नामेण्ट घोषित हुनुभयो । उहाँले पचास हजार रुपैँया जित्नुभयो । प्लेयर प्ले टिमको अवार्ड बुटवल लुम्बिनी एफसीले जितेको छ ।  वैशाख ११ गतेबाट सञ्चालित प्रतियोगितामा सात प्रदेशको प्रतिनिधीत्व गर्दै सातै टिमले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति: शनिबार, जेठ १, २०७८  २१:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update