काठमाडौं, फागुन २९ । लगानीको लागि राष्ट्र बैंकले अवसर दिएको छ । सुरक्षित लगानीको लागि १० प्रतिशत व्याज सहित राष्ट्र बैंकले दुई अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र बिक्री गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार यो नागरिक बचपत्रको बिक्री यही चैत एक गतेबाट खुल्ला हुनेछ भने बिक्री कार्य चैत्र २० गतेसम्म कायम रहनेछ ।
नागरिक बचतपत्र २०८३ “क” नाम गरेको यो बचतपत्र खरिदको लागि नेपाली नागरिकहरुले मात्र भाग लिन पाउने छन् । निष्काशन मिती २०७८ चैत्र ३० तोकिएको बचतपत्रको सावाँ भुक्तानी मिती २०८३ चैत्र ३० गते रहेको छ । खरिद गरिएको बचतपत्र धितो राखेर कर्जा लिन र दिन समेत सकिने र अर्धबार्षिकरुपमा व्याज भुक्तानी हुने सुविध यो बचतपत्रका रहेको छ ।
राष्ट्र बैंकका अनुसार यो बचतपत्र खरिदका लागि घटीमा १० हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको सिमा तोकिएको छ ।