Kath Khabar
शेयर लगानीकर्ताहरू उत्साहित : पहिलो दिन एक सय एक अंकले बढ्दा झण्डै पाँच अर्बको शेयर कारोबार

काठमाडौं, फागुन २९। नेप्से उच्च अंकले बढेपछि आज आइतबार शेयर लगानीकर्ताहरू उत्साहित देखिएका छन् । साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से सूचक तथा कारोबार रकम दुबै नै उच्चरुपमा बढ्दा लगानीकर्ताहरू उत्साहित देखिएका हुन् ।

नेप्से आज एक सय एक दशमलव सात अंकले बढेर २६ सय ६७ दशमलव ९७ अंकमा पुग्न सफल भएको छ भने सेन्सिटिभ पनि १६ दशमलव ३७ अंकले बढेर पाँच सय नौ दशमलव ९० अंकमा पुग्न सफल भएको छ । दुई सय २८ वटा कम्पनीहरुको ६४ हजार छ सय ३५ पटकको कारोबारमा ९० लाख २२ हजार आठ सय ९० कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम चार अर्ब ८७ करोड सात लाख १५ हजार तीन सय ८७ रुपैयाँ पुग्न सफल भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको छ। सो मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा सहितका १३ वटै समुहहरूको सूचक आज उच्च अंकले बढेका छन् । कारोबार भएका कुल कम्पनीहरू मध्ये आज ज्योति लाइफ इन्स्योरेन्स कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, एशियन लाइफ इन्स्योरेन्स कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने मेगा म्युचुअल फन्ड, नबिल बैंकको ऋणपत्र, प्राइम कमर्सियल बैंकको ऋणपत्र आदिको शेयर मूल्य भने घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने आज शिवम् सिमेन्ट, अपी पावर लिमिटेड, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल टेलिकम आदि परेका छन् ।

 

 

प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update