Kath khabar
दैनिक राशिफल

 

काठमाडौं, फागुन ३० । दैनिक राशिफल (वि.सं. २०७८ फागुन ३० गते सोमबार, तदनुसार ई.सं. १४ मार्च २०२२, फागुन शुक्ल एकादशी तिथि)

मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मनमा प्रसन्नता साथै मुहारमा क्रान्ति छाउनेछ। सोचेका कार्य सफल हुनेछन्। दाम्पत्य सुख तथा धन प्राप्ति हुनेछ।

वृषः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पराक्रम बढेर जानेछ। छोटो यात्रा हुनसक्छ। रचनात्मक क्रियाकलाप नाम र सफलता प्राप्त हुनेछ।

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह
बोलीको प्रभाव बढ्नेछ। मिष्ठान्न भोजन तथा धनलाभ हुनेछ। आफन्तको साथ र सहयोग प्राप्त हुनेछ।

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अनुहारको चमक बढ्नेछ। मान(सम्मान तथा प्रतिष्ठा बढ्नेछ। यात्रामा लाभ तथा मिष्ठान्न भोजन र वस्त्र प्राप्त हुन्छ।

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज खर्च अधिक हुनाले मानसिक तनाव बढ्नेछ। लगानी फस्न सक्ने, वाद(विवाद बढ्न सक्ने हुनाले सजग रहनुहोला।

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आकस्मिक धनलाभ हुनेछ। सन्तान सुख प्राप्त हुनेछ। नयाँ लगानीको लागि दिन शुभ रहनेछ।

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते
कार्यक्षेत्रमा सफलता साथै नोकरीमा पदोन्नति हुनसक्छ। राजनैतिक क्षेत्रमा केहि वाधा(अवरोधको सामना गर्नुपर्ला।

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु
भाग्यको साथ मिल्नेछ, यात्रामा लाभ मिल्नेछ। यात्रामा लाभ मिल्नेछ भने धार्मिक कार्यमा मन जानेछ। पुरानो सम्बन्धमा फेरी ताजगी आउनेछ।

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
व्यर्थको भागदौडले शारीरिक र मानसिक तनाव र थकान बढाउनेछ। खर्च अधिक रहनेछ साथै वाद(विवादबाट टाढै रहनुपर्ला।  

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि
दाम्पत्य सम्बन्ध सुमधुर रहनेछ। साझेदारी व्यापारमा लाभ मिल्नेछ। विपरित लिंगीको साथ(सहयोग मिल्नेछ।

कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द
शरीरमा रोग र भयले सताउनेछ। शत्रु वृद्घि हुनेछन्। अनावसश्यक वादविवादले मानसिक तनाव बढ्न सक्छ।

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि
श्रीजनात्मक कार्यमा रुचि बढ्नेछ। अध्ययन अध्यापनमा सफलता मिल्नेछ। सन्तान सुख साथै पार्टनर सुख पनि प्राप्त हुनेछ।

बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्
दिव्य ज्योतिष तथा वास्तु परामर्श केन्द्र, ९८४९१३७२८०

 

प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  ०५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update