Kath khabar
दैनिक राशिफल

काठमाडौं, चैत्र १ । दैनिक राशिफल (वि.सं. २०७८ चैत्र १ गते मंगलबार, तदनुसार ई.सं. १५ मार्च २०२२, फागुन शुक्ल द्धाद्धशी तिथि)

मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ
स्वास्थ्यमा सुधार हुनेछ। गरेका कार्य सिद्धी हुने तथा तारिफ मिल्नेछ। उच्च अधिकारीबाट साथ सहयोग मिल्नेछ।  

वृषः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आफन्तको सहयोग मिल्नेछ। मिष्ठान्न भोजन, धन साथै नविन वस्त्र प्राप्त हुनेछ। यात्रामा लाभ तथा सुख प्राप्त हुन्छ।

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह
बोलीको प्रभाव बढ्नेछ। आफन्त र परिवारमा सुमधुर सम्बन्ध स्थापित हुनेछ। मिष्ठान्न भोजन र धनलाभ हुनेछ।

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
दिन शुभ रहनेछ। दाम्पत्य सुखमा वृद्घि हुनेछ। मनमा सन्तोष र आनन्द छाउनेछ। उपहार पनि प्राप्त हुनेछ।  

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अनावश्यक यात्राले शाररिक श्रम र धनको व्यय गराउनेछ। व्यर्थको कार्यमा समय, उर्जा र धन खर्च हुनेछ।

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो
व्यापार(व्यवसायमा सोचे झै लाभ मिल्नेछ। आर्थिक लाभ हुनेछ भने सन्तान र स्त्री सुख पनि प्राप्ति हुनेछ।

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते
आज गरेको कार्य सिद्ध हुनेछन्। स्वास्थ्यले साथ दिनेछ। मन सम्मान र तारिफ मिल्नेछ भने नोकरीमा पदोन्नति पनि हुन सक्नेछ।

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु
भाग्यको साथ मिल्नेछ भने लामो दुरीको यात्रा पनि फलदायी हुनेछ। धार्मिक कार्यमा मन जानेछ।

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
स्वास्थ्यमा समस्या आउन सक्छ। मन अस्थिर रहनेछ भने रोग र कष्ट बढ्नाले आर्थिक संकट आउन सक्छ।

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि
व्यापार व्यवसायमा सफलता मिल्नेछ। धनलाभ साथै सुखद यात्रा हुनेछ। दाम्पत्य सुख प्राप्त हुनेछ।

कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द
आर्थिक लाभ मिल्नेछ। शत्रु माथि विजय प्राप्त हुनेछ। मन प्रशन्न रहनेछ। अनावश्यक खर्च हुनसक्छ।

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि
विधार्थीलाई पढाईमा सफलता मिल्नेछ। श्रीजनात्मक कार्यमा मन जानेछ। सन्तान सुख प्राप्त हुनेछ।

बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्
दिव्य ज्योतिष तथा वास्तु परामर्श केन्द्र, ९८४९१३७२८०

 

प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  ०४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update