
काठमाडौं, चैत्र १। नेप्सेको उच्च बृद्धिमा ब्रेक लागेको छ । अघिल्लो दुई दिन लगातार बढेको नेप्से आज मंगलबार भने १७ दशमलव १५ अंकले घटेर २६ सय ५० दशमलव ९७ अंकमा सिमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ पनि सात दशमलव २६ अंकले घटेर पाँच सय दुुई दशमलव ५९ अंकमा सिमित भएको छ । कुल दुई सय २९ वटा कम्पनीहहरुको ४६ हजार दुई सय ८७ पटकको कारोबारमा ६५ लाख २९ हजार २६ कित्ता शेयर किनबेच भएको छ । सोही किनबेचको आधारमा आज कारोबार रकम अर्ब ३६ करोड ४२ लाख २९ हजार एक सय ७५ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएका छन् । जसमध्ये निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन र सामुहिक लगानी कोष सहितका चार वटा समुहहरुको सुचक बढेका छन् भने वाणिज्य बैंक, बिकास बैंक, जलविद्युत, फाईनान्स, ट्रेडिङ, उत्पादनमुलक, अन्य, लघुबित्त र लगानी सहितका नौ वटा समुहहरुको सुचक घटेका छन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज इर्मजिङ नेपाल लिमिटेड, नेपाल पुर्नबीमा कम्पनी, गोर्खाज फाईनान्स आदिको शेयर मुल्य बढेका छन् भने मैलुङ खोला जलबिद्युत कम्पनी, नेपाल टेलिकम, लिवर्टी इर्नर्जी कम्पनी आदिको शेयर मुल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल टेलिकम, अपी पावर लिमिटेड, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।