काठमाडौं, बैशाख २ । ‘हारके भी जित्ने वालोको बाजीगर कहते है ।’ यो भनाइ हिन्दी कथानक चलचित्र बाजीगरमा सारुख खानले भनेको डाइलग हो, जुन अहिले पनि लोकप्रिय छ । यो डाइलगलाइ नेपाल सुपर लिगसँग जोड्ने हो भने ललितपुर सिटी एफसीका राजु तामाङनै बाजीगर हुनुहुन्छ । भलै ललितपुरको यात्रा क्वालिफायर्समै समाप्त भयो, तर आशै मारिसकेको टिमलाई तेस्रो स्थानमा पु¥याउने राजु नायक बन्नुभयो ।
प्रदिप हुमागाई ८ वर्षपछि घरेलु प्रतियोगितामा ललितपुरसँग कमब्याक गर्नुभएको थियो । तर उहाँको प्रशिक्षणमा टिमले अपेक्षा अनुरुपको नतिजा निकाल्न सकेन् । लिग चरणको चौथो खेलसम्म आउँदा पनि ललितपुरको खेल निरश थियो । जित्न सकेको थिएन ।
टिमलाई चाहिएको नतिजा नआएपछि उहाँलाई ललितपुरले हटाएको थियो । सहायक भुमिकामा रहेका राजुले टिमको प्रशिक्षकको भुमिका पाउनु भयो । । ‘आयो लाखे’ उपनाम रहेको ललितपुरले त्यसपछि लय समायो ।
पाचौँ खेलमा बुटवल लुम्बिनीलाई एक सुन्य गोलले हराउँदै ललितपुरले प्रतियोगितामा पहिलो जित दर्ता गर्यो । संयोग भन्दा पनि राजुको कुशल प्रशिक्षण र रणनिती त्यहाँ देखिन्थ्यो । ललितपुरको लाखे साँच्चै जागेको थियो । उहाँको प्रशिक्षणमा ललितपुरको दोस्रो विराटनगरसँग थियो । जुन प्रतियोगिताकै उत्कृष्ट खेल मध्यको एक हो ।
लिगको चरणको सुरुवात देखि नै बलियो खेल पस्केको विराटनगर सिटीलाई चार सुन्य गोलले हराउँनु चानचुने कुरा पक्कै होइन । एलिमिनेटरमा बुटवल लुम्बिनीलाई हराउँदै क्वालिफार्यसमा पुगेको ललितपुरलाई एकै दिनको अन्तरालमा दोस्रो खेल खेल्न परेको थियो । एक दिन पनि नभनौ १८ घण्टा नबित्दै ललितपुरले काठमाडौं रेजर्स (नेपाल सुपर लिगको च्याम्पियन) सँग प्रतिस्पर्धा गर्नुपरेको थियो ।
फिफाको नियम अनुसार कुनै पनि टिमले खेलेको ७२ घण्टा पछि अर्को खेल खेल्नुपर्छ । खेलाडीमा थकान हुन्छ र प्रदर्शन राम्रो हुन सक्दैन । प्रतियोगितामा अखिल नेपाल फुटबल संघ एन्फा दोषी देखिन्छ । खैर, ललितपुर यात्रा क्वालिफायर्समै समाप्त भयो तर राजुले आफुलाई कुशल प्रशिक्षकका आफुलाई उभ्याउनु भएको छ ।
ललितपुर सिटी एफसी प्रति आभार
प्रशिक्षक हुमागाइको नेतृत्वमा टिमले चार खेलमा एकमा हार र तीनमा बराबरी खेलेको थियो । बाँकी दुइ खेलमा जित अपरिहार्य थियो । र, हुमागाइलाई बर्खास्त गरेर ललितपुरको व्यवस्थापन टिमले राजुलाई प्रशिक्षणको जिम्मेवारी दिए ।
“मलाई प्रदीप हुमागाईले नै ल्याउनुभएको हो । उहाँ नहुदा नराम्रो त लागेको थियो । तर भावना कुरा आफ्नो ठाउँमा छ । ललितपुरले दिएको जिम्मेवारीलाई मैलै बहन गरे । हाम्रो टिमले मेहेनत ग¥यो । र यहाँसम्मको यात्रा तय गर्यो । ललितपुरले घरेलु फुटबलमा नयाँ प्रयोगमा आएको एनएसएलमा आफुलाई प्रमाणित गर्ने मौका दिनुभयो । म आभारी छु ” उहाले भन्नुभयो ।
हुन त प्रशिक्षकका रुपमा उहाँको यो पहिलो प्रतियोगिता भने होइन । विभागिय टिम त्रिभुवन आर्मी फुटबल क्लबको महिला टिम उहाँले हेर्दै आउनु भएको छ । अब उहाँको लक्ष्य ए लाइसेन्स प्राप्त गर्ने र आर्मीलाई ए डिभिजन लिग जिताउने हो ।
दाईको पथमा सन्तोष
राजुले ढेड दशक राष्ट्रिय टिममा बिताए । सन्तोष तामाङ जस्तै उहाँ पनि पेस मेकर, मिडफिल्डर । “सन्तोष राम्रो खेलाडी हुन् , म उसको सँधै राम्रो होस् भन्ने चाहन्छु । उसको सफलताको सँधै कामना गर्ने म तर पहिलो पटक उसलाई रोक्न रणनीती बनाएँ ।
“ सन्तोषले विराटनगर सिटीबाट एनएसएल खेल्नु भएको थियो । सन्तोष अहिलेका चलेका मिडफिल्डर हुनुहुन्छ । एनएसएल कै कुरा गर्दा बक्स बाहिरबाट उनले गरेका तीन गोल विश्वस्तरिय नै थियो । डेड बल स्पेसियालिष्ट उहाँ राष्ट्रिय टिमका महत्वपुर्ण खेलाडी हुन् । तर राजु पनि आफ्ना जमाना उम्दा मिडफिल्डर हुन् । राष्ट्रिय टिमबाट उहाँ दुइ गोल गर्नु भएको छ । राजु कुशल प्रशिक्षकका पथमा हिडिरहँदा भाइ सन्तोष पनि आफ्नो कौशलतालाई अझै निखारिराख्नु भएको छ ।