Kath khabar
दैनिक राशिफल

 

काठमाडौं, चैत्र २ । दैनिक राशिफल (वि.सं. २०७८ चैत्र २ गते बुधबार, तदनुसार ई.सं. १६ मार्च २०२२, फागुन शुक्ल त्रयोदशी तिथि)

मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ
शिक्षामा सफलता, श्रीजनात्मक कार्यमा रुचि बढ्नेछ। घरायसी र सन्तान सुख प्राप्त हुनेछ। यात्रामा लाभ मिल्नेछ।

वृषः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
गृह सुख प्राप्त हुनेछ। परिवारको सेवामा दिन बित्नेछ। कार्य क्षेत्रमा सफलता मिल्नेछ। पुरानो मित्र भेट हुनेछ।

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह
धनको लागि दौडधुप बढ्नेछ। दिनभर भागदौड बढ्नेछ। भाईसँग केहि मतभेद हुन सक्छ। व्यर्थको यात्राबाट जोगिनुहोला।

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
धन, मान-सम्मान, सुख आदि सबै प्राप्त हुनेछ। आफन्त र नातागोताको साथले सबै कार्य सफल हुनेछन्।

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मुहारमा कान्ति छाउनेछ। आँटेको काम सफल हुनेछन्। धन तथा मिष्ठान्न भोजन प्राप्त हुनेछ।

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आज खर्च अधिक हुनाले मानसिक तनाव बढ्नेछ। व्यर्थको यात्रा र यात्रामा वादविवाद हुन सक्छ।

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते
शरीरमा जोश जाँगर बढ्नेछ। व्यापार-व्यवसायबाट मनग्य लाभ मिल्नेछ। नोकरीमा पदोन्नत्ति हुन सक्नेछ।

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु
भाग्यको साथले गरेका सम्पूर्ण कार्य सफल हुनेछन्। श्रीजनात्मक कार्यले नाम र प्रतिष्ठा बढाउनेछ।

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
भाग्यको साथ मिल्नेछ। यात्रामा लाभ तथा भेटघाटमा मन रमाउनेछ। सन्तान सुख प्राप्त हुनेछ।

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि
दाम्पत्य जीवनमा केहि मतभेद आउनेछ। व्यर्थको भागदौडले उर्जा, समय र धन नाश गराउनेछ।

कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द
व्यवसायमा लाभ तथा नयाँ लगानीको अवसर मिल्नेछ। जीवन साथीको स्वास्थ्यमा समस्या देखिन सक्छ।

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आज शरीरमा थकान, रोग र आलस्यले सताउनेछ। आकस्मिक कष्टले गर्दा धन नाश तथा मानसिक र शारीरिक तनाव हुन सक्छ।

बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्
दिव्य ज्योतिष तथा वास्तु परामर्श केन्द्र, ९८४९१३७२८०

 

 

 

 

प्रकाशित मिति: बुधबार, चैत २, २०७८  ०५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update