Kath khabar
नेप्सेमा दोहोरो अंकले गिरावट, १९ अंकले घट्दा दुई अर्ब ५७ करोडको कारोबार


काठमाडौं, चैत २। साताको चौंथो कारोबार दिन आज बुधबार नेप्से दोहोरो अंकले घटेको छ । नेप्से आज १९ दशमलव ६५ अंकले घटेर २६ सय ३१ दशमलव ३२ अंकमा सिमित हुँदा सेन्सिटिभ पनि पाँच दशमलव २२ अंकले घटेर चार सय ९७ दशमलव ३७ अंकमा सीमित हुन पुगेको छ । नेप्सेमा आज दुई सय ३१ वटा कम्पनीहरुको ३७ हजार ३२ पटकको कारोबारमा ४९ लाख ६७ हजार चार सय ७१ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम दुई अर्ब ५७ करोड चार लाख एक हजार एक सय १८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएका छन् । सो मध्ये निर्जीवन बीमा, होटल तथा पर्यटन र सामूहिक लगानी कोष सहितका तीन वटा समुहहरूको सूचक बढेका छन् भने वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, जीवन बीमा, ट्रेडिङ, उत्पादनमूलक, अन्य, लघुवित्त र लगानी सहितका १० वटा समुहहरूको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज इर्मजिङ नेपाल हाइड्रो पावर लिमिटेड, सोल्टी होटल लिमिटेड, न्यादी हाइड्रो पावर कम्पनी आदिको शेयर मुल्य बढेका छन् भने युनाइटेड इदी मर्दी आरबी हाइड्रो पावर लिमिटेड, शिवश्री हाइड्रो पावर कम्पनी, नेपाल टेलिकम आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल टेलिकम, अपी पावर लिमिटेड, गरिमा विकास बैंक, नागरिक लगानी कोष आदि परेका छन् ।


 

प्रकाशित मिति: बुधबार, चैत २, २०७८  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update