Kath khabar
दैनिक राशिफल

काठमाडौं, चैत्र ३ । दैनिक राशिफल (वि.सं. २०७८ चैत्र ३ गते बिहिबार, तदनुसार ई.सं. १७ मार्च २०२२, फागुन शुक्ल चर्तुदशी तिथि)

मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ
विद्यार्थीको लागि दिन अनुकुल रहनेछ । घरायसी सुख मिल्नेछ । आयका नयाँ स्रोत फेला पर्ने छन् ।

वृषः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पारिवारिक दौडधुप बढ्नेछ । पराक्रम बढ्नेछ भने अपुरा काम पूर्ण हुनेछन् ।पुराना मित्रसँग भेट हुनेछ ।

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह
आफन्तको साथ मिल्नेछ । वाणीको कारण समस्या आउन सक्छ ।

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आर्थिक लाभ मिल्नेछ । पैतृक सम्पत्तिको विवाद मिल्नेछ । बोलीको प्रभाव बढ्नेछ भने मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे
दिन अनुकुल रहनेछ । शत्रुहरु परास्त हुनेछन् । आज अंहकार बढ्न सक्ने हुनाले संयमित रहनुहोला ।

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आर्थिक नोक्सानीको सामना गर्नुपर्ने हुनसक्छ । महत्वपूर्ण निर्णय आज नगर्नुहोला । स्वास्थ्यले पनि खासै साथदिने छैन ।

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते
रोकिएका कार्य पुरा हुनेछन् । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । कार्यक्षेत्रमा मानसम्मान साथै पदोन्नती मिल्नेछ ।

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु
भाग्यको साथले अधुरा कार्य पूर्ण हुनेछन् । धार्मिक कार्यमा मन जानेछ । सिर्जनात्मक कार्यमा मन जानेछ ।

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
शरिरमा रोग र चिन्ता वढ्नेछ । धैर्यताको कमिले बन्न आँटेका काम विग्रनेछन् । विपरित लिङ्गी प्रति आकर्षण बढ्नेछ ।

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि
जीवनसाथीको स्वास्थ्यमा समस्या देखिन सक्छ । कार्यमा ढिलासुस्ती तथा शरिरमा आलश्यताले दिनभर मानसिक चिन्ता थपिनेछ ।

कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द
दाम्पत्य जीवनमा केहि टकराव देखा पर्नेछ । पार्टनरसिप व्यापारमा केहि किचलो आउन सक्नेछ । आज कसैलाई ऋण सापटी नदिनु नै उत्तम हुनेछ ।

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सन्तान सुख प्राप्त हुनेछ र ज्ञान -विज्ञानका कुरामा मन जानेछ । प्रेमिजनबाट उपहार प्राप्त हुनेछ ।

 

बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्
दिव्य ज्योतिष तथा वास्तु परामर्श केन्द्र, ९८४९१३७२८०

प्रकाशित मिति: बिहीबार, चैत ३, २०७८  ०६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update