Kath khabar
दैनिक राशिफल

 

काठमाडौं, चैत्र ४ । दैनिक राशिफल (वि.सं. २०७८ चैत्र ४ गते शुक्रबार, तदनुसार ई.सं. १८ मार्च २०२२, फागुन शुक्ल पूर्णिमा तिथि)

मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ
शरिरमा रोग बढ़नेछ भने खर्च तथा शत्रु बृद्धि हुनेछन् । घरमा कलह बढ्नेछ ।

वृषः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पराक्रम बढेर जानेछ भने अधुरा कार्य पूर्ण हुनेछन् । सन्तान सुख बढ़नेछ । प्रेमीसँगको सम्बन्ध मजबूत हुनेछ ।

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह
धन तथा मान-सम्मान प्राप्त हुनेछ । घरायसी  सुख मिल्नेछ र साथीभाईको सहयोग प्राप्त हुनेछ ।

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पराक्रम बढ्नेछ भने महत्वपूर्ण कार्यको सुरुवात हुनेछ, व्यर्थको कार्यको पछि लाग्दा समय र उर्जा नष्ट  हुनेछ ।

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे
रोकिएको धन प्राप्त हुनेछ । पैतृक सम्पत्तिको विवाद समाधान हुनेछ, आफन्तको सहयोग मिल्नेछ ।

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अनुहारमा चमक बढ्नेछ र सुख-सन्तोष प्राप्त हुनेछ । दाम्पत्य सुख प्राप्त हुनेछ ।

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते
बन्न ऑटेका कार्य विग्रनेछन्, खर्चमा वृद्धि हुनेछ । व्यर्थको झमेलामा नपर्नु नै उचित हुनेछ ।

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु
गरेका कार्य सफल हुनेछन्, आय आम्दानीमा वृद्धि हुनेछ । नयाँ-नयाँ लगानीको अवसर प्राप्त हुनेछ ।

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
शरिरमा आलस्यता बढ्ने तथा काममा मन लाग्ने छैन । कार्यक्षेत्रमा सफलताको लागि कडा मेहनत गर्नुपर्नेछ ।

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि
दाम्पत्य सुख प्राप्त हुनेछ भने साझेदारी व्यापारमा लाभ मिल्नेछ । भाग्यले साथ दिनेछ ।

कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द
पुरानो रोगले सताउन सक्नेछ भने मानसिक तनाव पनि बढ्नेछ । अपजस्‌को सामना गर्नुपर्नेछ ।

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सन्तान सुख मिल्नेछ । सिर्जनात्मक कार्यमा मन जानेछ, प्रेम सम्बन्धमा मधुरता थपिनेछ भन्ने विद्यार्थिको लागि दिन अनुकूल रहनेछ ।

बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्
दिव्य ज्योतिष तथा वास्तु परामर्श केन्द्र, ९८४९१३७२८०

 

प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८  ०५:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update