प्यूर्टो रिको, चैत्र ४। मिस वर्ल्ड २०२१ को उपाधि पोल्याण्डकी क्यारोलिना बिलावस्काले जित्नुभएको छ ।
पोल्याण्डकी क्यारोलिना बिलावस्काले पोर्टो रिकोमा सम्पन्न मिस वर्ल्ड प्रतियोगिताको ७०औं उपाधि जित्नुभएको हो। पोर्टो रिकोको सान जुआनस्थित कोका-कोला म्युजिक हलमा उक्त प्रतियोगिता आयोजना गरिएको थियो।
प्रतियोगिताको फस्ट रनरअप अमेरिकाकी मिस्टर सैनी र सेकेन्ड रनरअप सिटे डिआइभरकी ओलिभिया येसेस हुनुभयो। मार्च १७ मा जमैकाकी टोनी-एन सिंहले मिस वर्ल्ड २०२१ क्यारोलिना बिलावस्कालाई ताज पहिराउनुभयो। मोडलिङसँगै क्यारोलिनाले म्यानेजमेन्ट पनि पढिरहनुभएको छ। यसबाहेक क्यारोलिना घरबारविहीन र खाँचोमा परेका मानिसहरूलाई मद्दत गर्ने जस्ता समाजसेवाहरुमा पनि आवद्ध हुनुहुन्छ।
क्यारोलिना मोडलको रूपमा काम गर्नुहुन्छ, आफ्नो जीवनमा निश्चित रूपमा एक प्रेरक वक्ता बन्ने उहाँको आशा छ । उहाँ स्विमिङ र स्कुबा डाइभिङका साथै टेनिस र ब्याडमिन्टन खेल्न रुचाउनुहुन्छ।
नेपालको प्रतिनिधित्व गर्नुभएकी मिस नेपाल नम्रता श्रेष्ठ टप १२ बाट बाहिरिनुभएको थियो ।