Kath khabar
दैनिक राशिफल

 

काठमाडौं, चैत्र ५ । दैनिक राशिफल (वि.सं. २०७८ चैत्र ५ गते शनिबार, तदनुसार ई.सं. १९ मार्च २०२२, चैत्र कृष्ण प्रतिपदा तिथि)

मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ
रोग र शत्रु बढ्नेछन् । घरायसी कलह बढ्नेछ । खर्च तथा नोक्सानी अत्यधिक बढ्नेछ ।

वृषः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
रचनात्मक कार्यमा मन जानेछ । पढाईमा सफलता साथै सन्तात सुख प्राप्त हुनेछ । प्रेममा सफलता मिल्नेछ ।

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह
धन तथा मानसम्मान प्राप्ति हुनेछ । आफन्तको साथ सहयोग मिल्नेछ । घरायसी सुख प्राप्त हुनेछ ।

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पराक्रम वढेर जानेछ भने महत्वपूर्ण जिम्मेवारी पूरा गर्ने अवसर मिल्नेछ । गरेको कामको जस पाउन मुस्किल छ ।

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पैतृक सम्पत्ति सम्बन्धि समस्या हल हुनेछन् । आफन्तको साथ र सहयोग मिल्नेछ । खर्चमा वृद्धि हुनेछ ।

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मुहारमा कान्ति र शरिरमा स्फूर्ती बढ्नेछ । रोकिएका काम पुरा हुनेछन् । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते
आज अत्यधिक खर्चका कारण मानसिक तनाव बढ्नेछ । व्यर्थको कार्यमा समय र उर्जा नष्ट हुनेछ । वादविवादमा टाढै रहनु वेश हुनेछ ।

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु
मायाको साथले सम्पूर्ण काम सफल हुनेछन् । आयका नयाँ नयाँ वाटो फेला पर्नेछन् । यात्रामा पनि लाभ मिल्नेछ ।

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
कार्य क्षेत्रमा दौडधुप बढ्नेछ । ढिलै भएपनि आँटेका कार्य पुरा हुनेछन् । मेहेनतको फल प्राप्त हुनेछ ।

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि
दाम्पत्य सुख प्राप्त हुनेछ । यात्रामा लाभ मिल्नेछ र साझेदारी व्यवसायबाट मनग्यै लाभ मिल्नेछ ।

कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द
व्यर्थको भागदौडले समय, ऊर्जा र धन नाश गराउनेछ । मानसिक तनाव तथा शारिरीक थकान बढ्नेछ ।

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि
दाम्पत्य सुख तथा सन्तान सुख प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ र विपरित लिङ्गीको साथ र सहयोग प्राप्त हुनेछ ।

बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्
दिव्य ज्योतिष तथा वास्तु परामर्श केन्द्र, ९८४९१३७२८०

 

प्रकाशित मिति: शनिबार, चैत ५, २०७८  ०६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update