Kath khabar
दक्षिण एसियामा सबैभन्दा खुसी देशको सूचीमा नेपाल


 काठमाडौं, चैत ५। नेपाल खुसी हुने मुलुकको सूचीमा दक्षिण एसियामै अगाडि देखिएको छ ।

संयुक्त राष्ट्रसंघ सस्टनेबल डेभलपमेन्ट सोलुसन्स नेटवर्कले शुक्रबार सार्वजनिक गरेको ‘वर्ल्ड ह्यापिनेस रिपोर्ट–२०२२’ को सर्वेक्षणमा नेपाल ८५ औं स्थानमा पुगेर दक्षिण एसियाका खुसी हुने मुलुकमा अगाडि देखिएको हो। नेपालपछि बुलगेरिया र माल्दिम्स छन् । नेपालभन्दा तीन स्थानमाथि अर्थात ८२ औँ नम्बरमा चीन छ । त्यस्तै, रुसी हमलामा परेको युक्रेन १०८ औँ स्थानमा छ भने रुस ७४ औँ स्थानमा छ ।

सूचीमा भारत १३६औँ स्थानमा छ भने बंगलादेश ९९ र पाकिस्तान १०३ औँ, श्रीलंका १२६औँ स्थानमा छ। भुटानलाई भने प्राविधिक कारणले गर्दा सूचीमा राखिएको छैन् ।

अफगानिस्तान विश्वकै सबैभन्दा दुःखी देश बनेको छ भने अफगानिस्तानपछि सूचीमा लेबनान र जिम्बाबे छन् ।  फिनल्यान्ड लगातार पाँचौँ पटक संसारकै सबै भन्दा खुशी देश बन्न सफल भएको हो।

 

प्रकाशित मिति: शनिबार, चैत ५, २०७८  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update