Kath khabar
दैनिक राशिफल

काठमाडौं, चैत्र ६ । दैनिक राशिफल (वि.सं. २०७८ चैत्र ५ गते आइतबार, तदनुसार ई.सं. १९ मार्च २०२२, चैत्र कृष्ण द्धितिया तिथि)

मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ
धनलाभ तथा स्वास्थ्य लाभ मिल्नेछ र मन प्रशन्न रहनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृषः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
रचनात्मक कृयाकलापमा मन जानेछ । अध्ययनमा रुचि बढ्नेछ भने प्रेममा सफलता प्राप्त हुनेछ ।

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह
पारिवारिक कलह बढ़्नेछ भने मनमा अशान्ति छाउनेछ । अनावश्यक वादविवाद र झै झगडाबाट टाढै रहनुहोला ।

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
स्वास्थ्य लाभ साथै धन, मानसम्मान प्राप्त हुनेछ । पराक्रम बढ्ने तथा शत्रुमाथि विजय प्राप्त हुनेछ ।

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे
बोलीको प्रभाव बढ्नेछ भन्ने मिठान्न भोजन प्राप्त हुनेछ । आफन्तको सहयोग मिल्नेछ भने धनलाभ पनि हुनेछ ।

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मुहारमा कान्ति छाउनेछ । सोचेको कार्य पुरा हुनेछन् । सुख र आनन्द प्राप्त हुनेछ भने दाम्पत्य सुख पनि मिल्नेछ ।

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते
अनावश्यक यात्राले खर्चमा वृद्धि तथा समय र नष्ट गराउनेछ । स्वास्थ्यले पनि साथ नदेला ।

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु
सन्तान र स्त्री सुख प्राप्त हुनेछ । व्यापार व्यवसायमा मनग्यै लाभ मिल्नेछ । मिष्ठान्न भोजन पनि प्राप्त हुनेछ ।

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
आज गरेका कार्य सिद्धि हुनेछन् । मान सम्मान तथा पुरस्कार मिल्न सक्नेछ । स्वास्थ्य पनि अनुकूल रहनेछ ।

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि
भाग्यको साथ मिल्नेछ भने यात्रामा पनि लाभ मिल्नेछ । महत्वपूर्ण कार्य आजै गर्नुहोला ।

कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द
स्वास्थ्यमा समस्या आउन सक्छ । मनमा अशान्ति बढ्ने साथै आकस्मिक संकट तथा धन हानि हुन सक्नेछ ।

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि
व्यापार व्यवसायमा मुनाफा हुनेछ । यात्रा सुखद र लाभप्रद रहनेछ । दाम्पत्य तथा पार्टनर सुख प्राप्त हुनेछ ।

बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्
दिव्य ज्योतिष तथा वास्तु परामर्श केन्द्र, ९८४९१३७२८०

 

प्रकाशित मिति: शनिबार, चैत ५, २०७८  २१:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update