Kath Khabar
पहिलो कारोबार दिन नै घट्यो नेप्से

काठमाडौं, चैत ६ । नेप्से साताको पहिलो कारोबार दिन आज आइतबार नै घटेको छ । नेप्से आज १४ दशमलव ६७ अंकले घटेर २६ सय ८९ दशमलव ५० अंकमा पुग्दा सेन्सिटिभ पनि तीन दशमलव एक अंकले घटेर चार सय ९४ दशमलव ३८ अंकमा सीमित हुन पुगेको छ । नेप्सेमा आज दुई सय २४ वटा कम्पनीहरूको ३५ हजार दुई सय १२ पटकको कारोबारमा ४२ लाख ८७ हजार पाँच सय ६९ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम दुई अर्ब २७ करोड ४६ लाख २६ हजार एक सय ९१ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको छ । जसमध्ये लगानी समुहको सूचक झिनो अंकले बढेको छ भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा सहितका १२ वटा समुहहरूको सूचक उच्च अंकले घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, इर्मर्जिङ नेपाल लिमिटेड, समिट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर, मैलुङखोला जलविद्युत कम्पनी लिमिटेड, तारागाउँ रिजेन्सी होटल, विजय लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, जीवन विकास लघुवित्त वित्तीय संस्था, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, अपि पावर लिमिटेड आदि परेका छन् ।


 

प्रकाशित मिति: आइतबार, चैत ६, २०७८  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update