Kath khabar
लेष्टर पहिलो पटक एफ ए कपको च्याम्पियन

काठमाण्डौं, जेठ २ । लेष्टर सिटी, इतिहासमै पहिलो पटक एफ ए कपको च्याम्पियन बनेको छ । फाइनल खेलमा चेल्सीलाई एक शुन्य गोलले हराउँदै लेष्टरले वेम्बलीमा उपाधी उचालेको हो ।

दुवै तर्फबाट गोलको प्रयास भएपनि खेलको पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको थियो । दोस्रो हाफमा लेष्टरले गोलको खडेरी तोडेको हो । खेलको ६३ औं मिनेटमा युरी तिलेमन्सले करिब २५ यार्ड टाँढाबाट गोल गरि लेष्टरलाई अग्रता दिलाउनुभएको थियो । लकडाउन पछि पहिलो पटक २१ हजार दर्शकलाई प्रवेश दिइएको खेलमा वेन चिलवलले गरेको हेडर तथा म्यासन माउण्टले गरेको शक्तिशाली प्रहार लेष्टरका गोल रक्षक कासपस माइकलले उत्कृष्ट बचाउ गर्नुभयो । बाँकी समय चेल्सीले गोल फर्काउन सकेन ।

खेलको अन्त्य तिर वेस मोर्गनले आफ्नै पोष्टमा गोल गर्न पुगेपनि भिडियो असिस्टेन्ट रेफ्री भारले पछि मान्यता दिएन । तर तिलेमन्सको गोल नै १९६९ पछि पहिलो पटक लेष्टरलाई  फाइनलको उपाधी जिताउन पर्याप्त बन्यो । लेष्टर पाँचौँ पटक फाइनल पुगेकोमा पहिलो पटक उपाधी उचालेको हो ।

 

प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update