Kath khabar
दैनिक राशिफल

काठमाडौं, चैत्र ७ । दैनिक राशिफल (वि.सं. २०७८ चैत्र ७ गते सोमबार, तदनुसार ई.सं. २१ मार्च २०२२, चैत्र कृष्ण तृतीया तिथि)

मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ
घरायसी सुख तथा दाम्पत्य सुख प्राप्त हुनेछ । व्यापारमा मुनाफा मिल्नेछ भने आँटेका कार्य पूरा हुनेछन् ।

वृषः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
शरीरमा रोग र आलस्य बढ्नेछ । शत्रु भय रहनेछ भने खर्च, वादविवाद र मानसिक तनाव बढ्नेछ ।

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह
परिवार र कुटुम्बसँग सम्बन्ध राम्रो हुनेछ । आयमा वृद्धि हुनेछ । सन्तान सुख तथा प्रेममा सफलता प्राप्त हुनेछ ।

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
साथीभाइ र आफन्तको साथ मिल्नेछ । कार्यक्षेत्रमा उन्नति र प्रगति हुनेछ । जग्गा जमिनको कारोबारमा सफलता मिल्नेछ ।

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पराक्रम बढेर जानेछ । नयाँ कामको अक्सर प्राप्त हुनेछ । मेहेनत, परिश्रम र धैर्यताले अधुरा कार्य पूर्ण हुनेछन् ।

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो
धन, मान सम्मानमा वृद्धि हुनेछ । आयको नयाँ स्रोत फेला पर्नेछ । बोलीको प्रभाव बढ्ने साथै मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते
मुहारमा कान्ति छाउनेछ । गरेका कार्य पूर्ण सफल हुनेछन् । दाम्पत्य सुख प्राप्त हुनेछ भन्ने कार्यक्षेत्रमा मान-सम्मान, पदवी मिल्न सक्नेछ ।

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु
खर्चमा वृद्धि, व्यर्थको यात्रा तथा मानसिक तनाव वढ्न सक्नेछ । शरीरमा आलस्यता छाउनेछ ।

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
पुरानो रोगले सताउनेछ । ढिलै भएपनि केही आर्थिक लाभ मिल्नेछ । वादविवाद तथा झैँ-झगडाबाट टाढै रहनुहोला ।

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि
दाम्पत्य सुख मिल्नेछ । साझेदारीमा नयाँ काम सुरु गर्न दिन उत्तम छ । गरेको कामको उचित मुल्याङ्कन हुनेछ ।

कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द
सोच-विचार गरेर यात्रा गर्नुहोला । धार्मिक कार्यमा मन जानेछ । अनावश्यक यात्राले समय, धन र उर्जा नष्ट हुनेछ ।

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि
पढाईमा अवरोध आउनेछ। शारिरीक दौडधुप बढ्नेछ । सन्तानको कारण मानसिक तनाव बढ़नेछ ।


बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्
दिव्य ज्योतिष तथा वास्तु परामर्श केन्द्र, ९८४९१३७२८०

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  ०५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update