
काठमाडौं, चैत ७। नेप्सेमा सुधार आएको छ । अघिल्लो दिन घटेको नेप्से साताको दोस्रो कारोबार दिन सोमबार भने १८ दशमलव सात अंकले बढेर २६ सय ३४ दशमलव ६५ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ पनि एक दशमलव ९२ अंकले बढेर चार सय ९६ दशमलव ३० अंकमा पुगेको छ ।
आज दुई सय ३१ वटा कम्पनीहरुको ३७ हजार नौ सय ३९ पटकको कारोबारमा ५१ लाख ८९ हजार ८३ कित्ता शेयर कारोबार भएका छन् । जसबाट दुई अर्ब ५९ करोड २७ लाख १८ हजार एक सय ३१ रुपैयाँको शेयर किनबेच हुन पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकोमा होटल तथा पर्यटन र अन्य समुहको सूचक घटेका छन् भने वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, ट्रेडिङ, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका ११ वटा समुहको सूचक बढेका छन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज इर्मर्जिङ नेपाल लिमिटेड, एनआईसी एसिया ग्रोथ फण्ड, ग्लोवल आईएमई लघुवित्त वित्तीय संस्था आदिले कमाएका छन् भने राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयर, नेपाल टेलिकम, सामलिङ पावर लिमिटेड, एनआईबिएल प्रगति फण्ड आदिले गुमाएका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा नेपाल टेलिकम, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, माउन्टेन हाइड्रो नेपाल लिमिटेड आदि परेका छन् ।