Kath khabar
दैनिक राशिफल

काठमाडौं, चैत्र ८ । दैनिक राशिफल (वि.सं. २०७८ चैत्र ८ गते मंगलबार, तदनुसार ई.सं. २२ मार्च २०२२, चैत्र कृष्ण चतुर्थी तिथि)

मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आर्थिक लाभ तथा व्यापार-व्यवसायमा उन्नति प्रगति हुनेछ । स्वास्थ्य तथा यात्रामा लाभ र दाम्पत्य सुख मिल्नेछ ।

वृषः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मनमा आनन्द छाउनेछ । शत्रु परास्त हुनेछन् । धन तथा स्वास्थ्य लाभ हुनेछ । खर्च अधिक हुनेछ ।

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह
सिर्जनात्मक कार्यमा मन जानेछ । पढाईमा रुचि बढ्नेछ भने प्रेममा सफलता मिल्नेछ र सन्तान सुख मिल्नेछ ।

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मनमा अशान्ति र निराशा छाउनेछ । पारिवारिक झमेला तथा तनाव बढ्नेछ । वादविवादबाट टाढै रहनु वेश हुनेछ ।

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आफन्तको साथ र सहयोग मिल्नेछ । धन प्राप्त हुनेछ भने मिष्ठान्न भोजन र नवीन वस्त्र प्राप्त हुन सक्नेछ ।

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो
बोलीको प्रभाव बढ्नेछ । आफन्त र परिवारको सहयोगमा काम बन्नेछ । स्वादिष्ट भोजन पनि प्राप्त हुनेछ ।

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते
दिन शुभ रहनेछ । सुख र आनन्द प्राप्त हुनेछ । मनमा मधुरता छाउनेछ भने दाम्पत्य सुख पनि प्राप्त हुनेछ ।

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु
दिन कठिन रहनेछ । अनावश्यक खर्च र स्वास्थ्यमा खराबी  आउन सक्छ । व्यर्थको भागदौडमा समय, धन र उर्जा नष्ट हुनेछ ।

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
आकस्मिक धन लाभ हुनेछ । व्यापार ( व्यवसायमा सफलता मिल्नेछ । विपरित लिङ्गीको सहयोग प्राप्त हुनेछ ।

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मान ( सम्मान र प्रतिष्ठा बढ्नेछ । स्वास्थ्य लाभ हुनेछ भने कार्य सिद्धि तथा नोकरीमा बढोत्तरी हुन सक्नेछ ।

कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द
भाग्यले साथ दिनेछ भने यात्रामा पनि लाभ मिल्नेछ । धार्मिक कार्यमा मन जानेछ र आज गरेका कार्य सिद्धि हुनेछन् ।

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि
स्वास्थ्यमा केही समस्या आउन सक्छ । शरीरमा रोग र कष्ट बढ्नेछ भने आकस्मिक संकटले मनमा अस्थिरता र अशान्ति छाउनेछ ।

बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्
दिव्य ज्योतिष तथा वास्तु परामर्श केन्द्र, ९८४९१३७२८०

 

 

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  ०५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update