Kath khabar
रोवर्ट लेवान्डोस्कीको नयाँ किर्तीमान

काठमाण्डौं, जेठ २ । जर्मन क्लव वार्यन म्युनिखका पोलिस स्टार खेलाडी रोवर्ट लेवान्डोस्कीले गेड मुलरले एकै सिजन सर्वाधिक धेरै गोल गर्ने ४९ वर्ष पुरानो बुन्डेशलिगा रेकर्डसँग बराबरी गर्नुभएको छ ।

गएराती फ्रिबर्गसँग दुई–दुई गोलको बराबरी रोकिएको खेलमा उहाँले २६ औं मिनेटमा  पेनाल्टीमार्फत गोल गरि मुलरसँगको  किर्तीमान बराबर गरेका थिए । सो गोल पछि उहाँले मुलर प्रतिको सम्मानमा फरेएभर गेड लेखिएको टि–सर्ट देखाउँदै सेलिब्रेसन गर्नुभएको थियो  । उहाँका टिममेट्स सोही बेला ग्वार्ड अफ अनर दिएर सम्मान दिएका थिए । जारी सिजन लेवान्दस्कीले २८ लिग खेलमा चालिस गोल गरिसक्नुभएको छ ।

१९७२ मा मुलरले गोलको किर्तीमान बनाउँदा औसतमा हरेक ७७ औं मिनेटमा गोल गर्नुभएको थियो भने यता लेवान्डोस्कीले भने औसतमा हरेक ५५ औं मिनेटमा गोल गर्नुभएको छ । अघिल्ला १९ मध्ये उहाँले १८ खेलमा गोल गर्नुभएको छ । गत फेब्रुअरी पाँचमा उहाँ हर्था बर्लिन विरुद्ध गोल गर्न चुक्नुभएको थियो । त्यसको तीन मिनेट पछि घरेलु टोली फ्रिबर्गका लागि म्यानुयलले गोल फर्काउनु भयो । ५३ औं मिनेटमा बायर्नका लागि लेरोय साने गोल थप्नु भयो । तर ८१ औं मिनेटमा क्रिस्टियान गुन्टरले गोल गरेपछि खेल बायर्न दुई–दुई गोलको बराबरीमा रोकिएको थियो । बायर्न गत साता नै बोरुसीया मोन्चेनग्लाडबालाई हराउँदै लगातार ९ औं पटक जर्मन लिगको च्याम्पियन बनिसकेको छ । सो खेलमा लेवान्डोस्कीले ह्याट्रिक गर्नुभएको थियो ।  

 

प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update