Kath khabar
 सौगात र वर्षाको ‘लाखे’ ३१ भदौमा

काठमाडौं, चैत ८। मल्टिस्टारर फिल्म ‘लाखे’ ले प्रदर्शन मिति सार्वजनिक गरेको छ । फिल्मका कार्यकारी निर्माता हरि मल्ल ठकुरीले ‘लाखे’ ३१ भदौमा प्रदर्शन हुने जानकारी दिएका छन् । सम्राट बस्नेत निर्देशित फिल्मलाई आरआर फिल्मसले वितरण गर्ने सम्झौता भएको छ । 

महंगो बजेटमा निर्माण गरिएको बताइने फिल्ममा सौगात मल्ल, आर्यन अधिकारी, अनुप बिक्रम शाही, वर्षा राउत, सुशील सिटौला, अर्पण थापा, प्रशान्त ताम्राकार, रोहित रुम्बा, सन्जोग राणा, रक्षा बुढाथोकी, कालु राना र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा रहनुभएको छ । गणेश मल्ल ठकुरी (जिएम) को प्रस्तुति रहेको फिल्मको कथाकार र निर्माता सिजन अर्याल हुनुहुन्छ । सुसन प्रजापतिले खिच्नुभएको फिल्मका गीतमा दीपक बज्राचार्यको संगीत छ । 

ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा, संवाद आकाश बरालले लेख्नुभएको हो । अर्जुन जिसीले सम्पादन गर्ने फिल्मको छायांकन हालै समापन भएको हो । फिल्म गुणस्तरीय बनाउन कुनै कसर बाँकी नराखेको निर्देशक सम्राटले बताउनुभएको छ । उहाँले केही समयमै फिल्मको फस्र्टलुक पोस्टर दर्शकमाझ ल्याउने तयारी गरिएको जानकारी दिनुभयो ।  

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update