काठमाडौं, चैत ८। साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि नेप्सेमा सुधार आएको छ । नेप्से आज १२ दशमलव ५४ अंकले बढेर २६ सय ४७ दशमलव २० अंकमा चढेकोमा सेन्सिटिभ पनि दुई दशमलव छ अंकले बढेर चार सय ९८ दशमलव ३६ अंकमा चढ्न सफल भएको छ ।
नेप्सेमा आज दुई सय ३५ वटा कम्पनीहरूको ३६ हजार सात सय ७२ पटकको कारोबारमा ५३ लाख २९ हजार नौ सय ९३ कित्ता सेयर खरिद बिक्री भएको छ । सोही खरिद बिक्रीको आधारमा आज कुल कारोबार रकम दुई अर्ब ५१ करोड ८८ लाख ९४ हजार एक सय ७८ रुपैयाँ पुगेको छ । आज कारोबार भएका १३ वटा समूहहरू मध्ये ट्रेडिङ समुहको सूचक घटेको छ भने वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त सहितका १२ वटा समुहको सूचक बढेका छन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज इर्मजिङ नेपाल लिमिटेड, समता लघुवित्त वित्तीय सस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था आदिको सेयर मूल्य बढेका छन् भने एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर, मैलुङ खोला जलविद्युत कम्पनी, बोटलर्स नेपाल तराई लिमिटेड, माउन्टेन इनर्जी नेपाल लिमिटेड, वीन लघुवित्त वित्तीय संस्था आदिको सेयर मुल्य घटेका छन् । यसैगरी आज बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने प्रभु इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर, सिद्धार्थ इन्स्योरेन्स कम्पनी, जीवन बिकास लघुवित्त वित्तीय संस्था आदि परेका छन् ।