Kath khabar
राष्ट्र बैंकले सार्वजनिक गर्यो, पुनर्कर्जा कार्याबिधि २०७७ को चौथौ संसोधन

काठमाडौं, चैत ८। नेपाल राष्ट्र बैंकले पुर्नकर्जा कार्याविधि २०७७ को चौथौ संसोधन सार्वजनिक गर्दे कोभिड १९ प्रभावित उद्योग तथा व्यवसायहरुलाई न्युनतम पाँचदेखि सात प्रतिशतसम्म व्याजमा कर्जा दिने भएको छ ।

कोभिड-१९ ले अर्थतन्त्रमा पारेको असरलाई सम्बोधन गर्न थप श्रोत आवश्यक पर्ने भएकोले पुर्नकर्जा प्रयोजनको लागि प्राप्त हुने कुल श्रोत रकमको अधिकतम चार दशमलव १२ गुणासम्म अर्थात दुई खर्व १२ अर्व ८८ करोड ननाघ्ने गरी, बैंकले पुर्नकर्जा प्रदान गर्न सक्ने गरी सीमा तोकिएको छ । पुर्नकर्जालाई लघु घरेलु तथा साना उद्यम पुर्नकर्जा, बिशेष पुर्नकर्जा र साधारण पुर्नकर्जामा बर्गिकरण गरिएको छ । सो अनुरुप लघु, घरेलु तथा साना उद्यम पुर्नकर्जा अन्तर्गत उद्यमी स्वयं संलग्न भई सञ्चालन गरिएका उद्यम, व्यापार तथा व्यवसायमा प्रवाह भएको १५ लाख रुपैयाँसम्मको कर्जा सुविधाको लागि प्रदान गरिने पुर्नकर्जालाई लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा मानिने छ । विशेष पुनर्कर्जा अन्तर्गत भने बैंकले समय समयमा कुनै क्षेत्र विशेषलाई विशेष प्राथमिकता दिने गरी प्रदान गरिने पुर्नकर्जालाई विशेष पुनरकर्जा मानिनेछ ।

यस अन्तर्गत हाल कायम रहेको निर्यात, महिला उद्यमी, अपांगता भएका व्यक्तिले सञ्चालन गरेका उद्यम/व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्र, स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लान्ट तथा अक्सिजन प्लान्ट स्थापना गर्न, दश मेगावाट भन्दा साना जलविद्युत् आयोजनाहरु, ब्रोडवेण्ड प्रवर्द्धन गरी सर्वसाधारणमा इन्टरनेट पहुँच पुर्‍याउने गरी दुर्गम स्थानहरुमा सेवा पुर्‍याउने इन्टरनेट सेवा प्रदायक संस्थाहरु, विद्युतीय भुक्तानी प्रणालीको समग्र इको सिस्टमको विकास र प्रवर्द्धनमा लगानी गर्ने भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली संचालक र सञ्चार सेवा प्रदायक संस्थाहरु तथा नेपाल सरकारबाट महामारी जन्य रोगको उपचारको लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न प्रदान गरिएको पुर्नकर्जाहरू पर्ने संशोधित व्यवस्थामा उलेख छ । साधारण पुनरकर्जा अन्र्तगत भने माथिको दुबै वर्गीकरणमा नपरेका र बैंकले समय समयमा तोकेको सबै पुनरकर्जाहरूलाई साधारण पुर्नकर्जा मानिने छ ।

लघु घरेलु तथा साना उद्यम पुर्नकर्जाको लागि नेपाल राष्ट्र बैंकले लिने व्याजदर चार प्रतिशत तोकिएको छ भने अनुमती प्राप्त बैंक तथा फाइनान्स कम्पनीहरुले ग्राहकसँग लिने ब्याजदर सात प्रतिशत तोकिएको छ । यसैगरी बिशेष पुनरकर्जा अन्र्तगत राष्ट्र बैंकले लिने ब्याजदर दुई प्रतिशत तोकिएको छ भने ग्राहकबाट लिने ब्याजदर पाँच प्रतिशत तोकिएको छ । यसैगरी साधारण पुर्नकर्जा अन्र्तगत भने राष्ट्र बैंकले लिने व्याजदर पाँच प्रतिशत तोकिएको छ भने बैंक तथा फाईनान्स कम्पनीहरुले ग्राहकसँग लिने व्याजदर सात प्रतिशत तोकिएको छ ।

एकमुष्ट रुपमा प्रदान गरिने पुर्नकर्जाको अवधि बढीमा एक वर्षको हुनेछ र यस्तो कर्जा नवीकरण हुने छैन । ग्राहक ऋणी अनुसार प्रदान गरिने पुर्नकर्जाको हकमा कोभिड-१९ बाट अति प्रभावित भनी बैंकले तोकेका क्षेत्रका ग्राहक ऋणीको लागि, लिक्विड अक्सिजन प्लान्ट तथा अक्सिजन प्लान्ट स्थापना गर्न स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई र निजी क्षेत्रबाट संचालन भएका आर्थिक रूपले संकटग्रस्त जलविद्युत् आयोजनाका समस्या सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनले पहिचान गरेका दश मेगावाट भन्दा साना जलविद्युत् आयोजनालाई तथा नेपाल सरकारबाट महामारीजन्य रोगको उपचारको लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न बढीमा एक वर्ष र मध्यम तथा न्यून प्रभावित क्षेत्र भनी बैंकले तोकेका ग्राहक ऋणीको लागि छ महिना अवधिको हुनेछ । नेपाल राष्ट्र बैंक ऐन,२०५८ ले तोकेको व्यवस्थाअनुसार बैंकले यस्तो पुर्नकर्जा नवीकरण गर्न सक्नेछ ।

इजाजतपत्रप्राप्त संस्थालाई एकमुष्ट प्रदान हुने प्रति ग्राहक पुर्नकर्जाको अधिकतम सीमा पाँच करोड रुपैयाँसम्म हुनेछ । यसरी एकमुष्ट प्रदान गरिने पुर्नकर्जा रकम कुल पुर्नकर्जा प्रदान गर्न सकिने रकमको ७० प्रतिशतभन्दा बढी हुने छैन। बैंकले ग्राहक अनुसार मूल्यांकन गरी उपलब्ध गराउने पुर्नकर्जाको प्रति ग्राहक अधिकतम सीमा २० करोड रुपैयाँसम्म हुनेछ । तर, स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लान्ट स्थापना गर्न तथा नेपाल सरकारबाट महामारीजन्य रोगको उपचारको लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न प्रदान गरिने कर्जाको हकमा प्रति ग्राहक ऋणी रु ५० करोडसम्म पुर्नकर्जा प्रदान गर्न यस व्यवस्थाले बाधा पुगेको मानिने छैन । यसरी ग्राहक प्रदान गरिने पुर्नकर्जा रकम कुल पुर्नकर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतभन्दा बढी हुने छैन ।

बैंकबाट आह्वान गरी इजाजतपत्रप्राप्त घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई प्रदान गरिने पुर्नकर्जा रकम कुल पुर्नकर्जा प्रदान गर्न सकिने रकमको १० प्रतिशतभन्दा बढी हुने छैन । प्रति ग्राहक १५ लाख सम्मको लघु, घरेलु तथा साना उद्यम पुर्नकर्जा, पाँच करोड रुपैयाँसम्मका विशेष र साधारण पुर्नकर्जा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई एकमुष्ट रूपमा प्रदान गरिने राष्ट्र बैंकले जानकारी दिएको छ ।   


 

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  १८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update