Kath khabar
दैनिक राशिफल

काठमाडौं, चैत्र ९ । दैनिक राशिफल (वि.सं. २०७८ चैत्र ९ गते बुधबार, तदनुसार ई.सं. २३ मार्च २०२२, चैत्र कृष्ण पञ्चमी तिथि)

मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ
भागदौड र परिश्रम बढ्नेछ । परिवारका सदस्यको स्वास्थ्य खराव हुनेछ । वादविवाद झमेलाबाट टाढै रहनुपर्नेछ ।

वृषः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
दाम्पत्य सुख तथा पार्टनर सुख प्राप्त हुनेछ । साझेदारी व्यापारमा मुनाफा मिल्नेछ । स्त्रीको सहयोग मिल्नेछ ।

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह
पारिवारिक कलह बढ्नेछ । खानपिनमा होश नगरे जटिलल स्वास्थ्य समस्या देखा पर्नेछ । शत्रु वृद्धि हुनेछन् ।

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सृजनात्मक कार्यमा मन जानेछ । बौद्धिकतमा वृद्धि हुनेछ । सन्तान सुख तथा प्रेममा सफलता प्राप्त हुनेछ ।

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे
घरायसी कलह बढ्नेछ, खर्च अधिक हुनेछ । पुरानो मित्रसँगको भेटघाटले मनमा प्रशन्नता छाउनेछ ।

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पराक्रम बढ्नेछ भने रोकिएका कार्य पूरा हुनेछन्, आर्थिक लाभ मिल्नेछ । नयाँ लगानिको अवसर मिल्नेछ ।

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते
व्यापार-व्यवसायमा लाभ तथा नोकरीमा पदोन्नति तथा पुरस्कार मिल्नेछ । योग्यताको उचित मुल्याङ्कन र तारिफ हुनेछ ।

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु
मुहारमा कान्ति छाउनेछ । आँटेका कार्य सफल हुनेछन् । मिष्ठान्न भोजन प्राप्त हुनेछ भने बोलीको प्रभाव बढ्नेछ ।

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
स्वास्थ्यमा समस्या बढ्नेछ भने मानसिक तनाव र आर्थिक नोक्सानी पनि हुन सक्नेछ, वादविवादबाट टाढै रहनुपर्नेछ ।

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि
साझेदारी व्यापारमा लाभ मिल्नेछ । आयका नयाँ स्रोत फेला पर्नेछन् । दाम्पत्य जीवनको आनन्द प्राप्त हुनेछ ।

कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द
कार्य क्षेत्रमा केहि वाधा व्यवधानको सामना गर्नुपर्ला । अथक प्रयासले शत्रु परास्त भई काममा सफलता प्राप्त हुनेछ ।

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि
रचनात्मक कार्यमा मन जानेछ । पढाईमा रुचि बढ्नेछ । प्रेम सम्बन्धमा समधुरता थपिनेछ भने सन्तान सुख पनि प्राप्त हुनेछ ।

बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्
दिव्य ज्योतिष तथा वास्तु परामर्श केन्द्र, ९८४९१३७२८०

 

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  ०५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update