Kath khabar
काठमाडौं विश्वको छैठौँ प्रदूषित शहर, प्रदूषित देशको दशौँ नम्बरमा नेपाल

काठमाडौं, चैत्र ९ । काठमाण्डौ विश्वका प्रमुख १० प्रदूषित शहरभित्र परेको छ । वर्ल्ड एअर क्वालिटीले सार्वजनिक गरेको सूची अनुसार काठमाडौं विश्वको छैटौँ प्रदूषित शहरमा परेको हो। त्यस्तै देशका हिसाबले नेपाल प्रदूषित देशको दशौँ नम्बरमा परेको छ ।

तथ्यांक अनुसार भारतको राजधानी नयाँ दिल्ली विश्वकै सबैभन्दा प्रदूषित राजधानी शहर बनेको छ । सर्वाधिक प्रदूषित शहर मध्ये दिल्ली लगातार चौथो पटक विश्वकै सर्वाधिक प्रदूषित शहर बनेको हो । त्यस्तै, देशका हिसाबले बंगलादेश पहिलो सूचीमा रहेको छ ।

एक सय १७ देशका ६ हजार ४ सय ७५ शहरको वायु गुणस्तर तथ्याङ्कमा आधारित प्रतिवेदनले सन् २०२१ मा विश्वव्यापी वायु गुणस्तरको एउटा सारांश प्रस्तुत गरेको छ । आइक्यूएयरले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२१ मा कुनै पनि देशले प्रदूषणसम्बन्धी मापदण्ड पूरा गर्न सकेको छैन। सर्वेक्षण गरिएका शहरहरुमध्ये केबल ३ दशमलब ४ प्रतिशतले मात्र मापदण्ड पूरा गरेका थिए । 


 

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update