Kath Khabar
टिकेन नेप्सेको उच्च वृद्धिदर, सूचक तथा कारोबार रकम दुबै घटे

काठमाडौं, चैत ९। अघिल्लो दिन उच्च अंंकले बढेको नेप्से सूचक तथा कारोबार रकम आज बुधबार भने घटेको छ । नेप्से आज २० दशमलव ३४ अंकले घटेर २६ सय ३० दशमलव ३६ अंकमा सीमित भएको छ भने सेन्सिटिभ पनि चार दशमलव २२ अंकले घटेर चार सय ९५ दशमलव ११ अंकमा सीमित भएको छ । दुई सय २६ वटा कम्पनीहरुको २९ हजार छ सय ७८ पटकको कारोबारमा ३९ लाख ८५ हजार पाँच सय ७४ कित्ता सेयर किनबेच भएकोमा आज कुल कारोबार रकम दुई अर्ब चार करोड ६३ लाख ५२ हजार पाँच सय ४७ रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएका छन् । जसमध्ये ट्रेडिङ र सामूहिक लगानी कोष समुहको सूचक बढेका छन् भने वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, फाइनान्स, लघुवित्त सहितका ११ वटा समुहहरूको सूचक घटेका छन् । 

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, इर्मजिङ नेपाल लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक आदिको सेयर मुल्य बढेका छन् भने बुद्धभूमि नेपाल हाइड्रो पावर लिमिटेड, मल्टिपर्पोज फाइनान्स, मैलुङ खोला जलविद्युत कम्पनी, प्रोग्रेसिभ फाइनान्स आदिको सेयर मूल्य घटे जलविद्युत कम्पनी, प्रोग्रेसिभ फाइनान्स आदिको सेयर मूल्य घटेका छन् । यसैगरी आज बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने एनआईसी एशिया बैंक, अरुण भ्याली हाइड्रो पावर कम्पनी, नेपाल टेलिकम, राष्ट्रिय बीमा कम्पनी आदि परेका छन् । 
 

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update