Kath khabar
यातायात व्यवस्था विभागले भन्यो, ‘बिहीबार बिहान ५ बजेसम्मका लागि मात्रै सेवा अवरुद्ध भएको हो’

काठमाडौं, चैत्र ९। यातायात व्यवस्था विभागले अनिश्चितकालका लागि सेवा बन्द गर्ने भनी आएको समाचार सत्य नभएको स्पष्ट पारेको छ । विभागले आज एक विज्ञप्ति जारी गर्दै केही सञ्चारमाध्यममा आएको समाचार गलत भएको भन्दै बिहीबार बिहान ५ बजेसम्मका लागि मात्रै सेवा अवरुद्ध भएको जनाएको छ ।

विभागका प्रवक्ता तथा सूचना अधिकारी डा लोकनाथ भुसालले विभागको सर्भरमा विद्युत् आपूर्ति प्रणाली परिवर्तन गर्नुपर्ने भएकाले हालका लागि सर्भर बन्द रहेको स्पष्ट पार्नुभयो । विभागले प्रदान गर्ने सेवा सो अवधिका लागि मात्रै अवरुद्ध हुने बताइएको छ ।
 

 

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  २०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update