काठमाडौं, चैत्र १० । दैनिक राशिफल (वि.सं. २०७८ चैत्र १० गते बिहिबार, तदनुसार ई.सं. २४ मार्च २०२२, चैत्र कृष्ण सप्तमी तिथि)
मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ
स्वास्थ्यमा समस्या मनमा अशान्ति र आकस्मिक संकटको सामना गर्नुपर्ने र खर्च अत्यधिक बढ्नेछ ।
वृषः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आर्थिक लाभ मिल्नेछ । स्वास्थ्यमा सुधार तथा यात्रामा लाभ मिल्नेछ र ब्यापार व्यवसायमा यथेष्ट लाभ मिल्नेछ ।
मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह
मनमा प्रसन्नता र मुहारमा चमकता छाउनेछ र शत्रु परास्त हुनेछन् भने खर्चमा वृद्धि हुन सक्नेछ ।
कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अध्ययनमा सफलता मिल्नेछ । प्रेममा मधुरता थपिनेछ । सिर्जनात्मक कार्यले आत्म-सन्तुष्टि तथा प्रसिद्धि दिनेछ ।
सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पारिवारिक कलह बढ्नेछ भने मनमा अशान्ति छाउनेछ । अनावश्यक वादविवाद र झै-झगडाबाट टाढै रहनुपर्नेछ ।
कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो
नयाँ वस्त्र-आभूषण प्राप्त हुनेछ । मिष्ठान्न भोजन, पारिवारिक मिलनको आनन्द मिल्नेछ । बोलीको प्रभाव बढ्नेछ ।
तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते
वाणीमा मधुरता छाउनेछ । पैतृक सम्पत्तिको विवाद सुल्झनेछ आफन्तको सहयोगमा आर्थिक लाभ मिल्नेछ ।
वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु
दिन अनुकूल रहनेछ । आँटेका कार्य पूरा हुनेछन् । दाम्पत्य सुख साथै पार्टनर सुख प्राप्त हुनेछ । मन प्रसन्न रहनेछ ।
धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
अनावश्यक यात्रा र खर्च वृद्धि हुनेछ । व्यर्थको कार्यमा समय, उर्जा र धन नाश हुनेछ र स्वास्थ्यले पनि समस्या दिलाउनेछ ।
मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आर्थिक लाभ मिल्नेछ । नयाँ योजना र लगानीको अवसर प्राप्त हुनेछ । सन्तान र स्त्री सुख प्राप्त हुनेछ ।
कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द
आज गरेका कार्य सिद्धि हुनेछन् । कार्य क्षेत्रमा मान सम्मान र सफलता मिल्नेछ । स्वास्थ्य अनुकूल रहनेछ ।
मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि
भाग्यको साथ मिल्नेछ भने धार्मिक कार्यमा मन जानेछ । यात्रामा लाभ, कार्यसिद्धि तथा सृजनात्मक कार्यमा सफलता मिल्नेछ ।
बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्
दिव्य ज्योतिष तथा वास्तु परामर्श केन्द्र, ९८४९१३७२८०