Kath Khabar
रोकिएन नेप्सेको उच्च गिरावट, ११ वटा समुहले गुमाउँदा दुई वटा समुहले कमाए

काठमाडौं, चैत १०। नेप्सेको उच्च गिरावटले साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि निरन्तरता पाएको छ । नेप्से आज १६ दशमलव ६९ अंकले घटेर २६ सय १३ दशमलव ६७ अंकमा सीमित हुँदा सेन्सिटिभ पनि छ दशमलव ६७ अंकले घटेर चार सय ८८ दशमलव ९४ अंकमा सीमित हुन पुगेको छ । दुई सय २४ वटा कम्पनीहरूको ४५ हजार ७६ पटकको कारोबारमा ५२ लाख ९८ हजार पाँच सय ४३ कित्ता शेयर किनबेच हुँदा आज कारोबार रकम तीन अर्ब २४ करोड ४८ लाअख ४३ हजार आठ सय २५ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएका छन् । जसमध्ये निर्जीवन बीमा र जीवन बीमा समुहको सुचक बढेका छन् भने वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका ११ वटा समुहको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, इर्मर्जिङ नेपाल लिमिटेड, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने नेपाल फाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैक, कर्णाली डेभलपमेन्ट बैंक आदिको शेयर मुल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने जीवन विकास लघुवित्त वित्तीय संस्था, नेपाल टेलिकम, छिमेक लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर, जीवन विकास लघुवित्त वित्तीय संस्था आदि परेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update