Kath khabar
दैनिक राशिफल

काठमाडौं, चैत्र ११ । दैनिक राशिफल (वि.सं. २०७८ चैत्र ११ गते शुक्रबार, तदनुसार ई.सं. २५ मार्च २०२२, चैत्र कृष्ण अष्टमी तिथि)

मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ
भाग्यको साथ मिल्नेछ । घर-परिवारको सहयोग प्राप्त हुनेछ । यात्रामा लाभ तथा भूमि, भवन, वाहन सुख मिल्नेछ ।

वृषः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
भागदौड बढ्नेछ भने व्यर्थको काममा समय उर्जा र धन नाश हुनेछ । शारिरीक थकान तथा मानसिक तनाव बढ्नेछ ।

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह
धन, मान, सम्मान प्राप्त हुनेछ । दाम्पत्य सुख बढ्नेछ भने साझेदारी व्यापारमा मुनाफा बढ्नेछ । मन प्रशन्न रहनेछ ।

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
स्वास्थ्यमा केहि समस्या देखिनेछ । खर्च धेरै हुनेछ भने शत्रु भय हुनेछ । वादविवाददेखि टाढै रहनु वेश होला ।

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पढाईमा रूचि कम हुनेछ । सन्तान सुखमा कमि आउनेछ । मानसिक तनाव बढ्ने तथा यात्रामा नोक्सानी हुनेछ ।

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आयका नयाँ बाटाहरू फेला पर्नेछन् । फसेको धन प्राप्त हुनेछ भने घर-घडेरीमा लगानि गर्ने दिन उत्तम रहनेछ ।

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते
मेहेनत र पराक्रमले कार्यक्षेत्रमा ठूलै सफलता मिल्नेछ । अधुरा कार्य पूर्ण हुनेछन् भने नयाँ अवसरहरु प्राप्त हुनेछन् ।

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु
धन-सम्पत्ति सम्बन्ध विवाद सुल्झनेछ र भाग्यको साथले आर्थिक उन्नतिको पाटो खोल्नेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ भने बोलीको प्रभाव बढ्नेछ ।

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
रोगबाट मुक्ति मिल्नेछ । अधुरा कार्य पूरा हुनेछन् भने शरिरमा नयाँ जोश र जाँगर आउनेछ ।

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि
जीवन साथीको स्वास्थ्यमा समस्या आउनेछ । साझेदारी व्यापारमा नोक्सानि व्यहोर्नुपर्ला । अत्यधिक व्यय हुनेछ ।

कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द
पुरानो रोगले सताउन सक्नेछ । स्वास्थ्य खराब रहनेछ । शत्रु हावि हुनेछन् भने धनको कारोबार आज नगर्नु वेश हुनेछ।

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि
रचनात्मक कार्यमा सफलता मिल्नेछ । कार्यक्षेत्रमा सफलता , मान-पदवि प्राप्त हुनेछ । सन्तान सुख प्राप्त हुनेछ भने प्रेम सम्बन्धमा प्रगाढ़ता थपिनेछ ।

बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्
दिव्य ज्योतिष तथा वास्तु परामर्श केन्द्र, ९८४९१३७२८०

प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८  ०५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update