Kath khabar
दैनिक राशिफल

काठमाडौं, चैत्र १२ । दैनिक राशिफल (वि.सं. २०७८ चैत्र १२ गते शनिबार, तदनुसार ई.सं. २६ मार्च २०२२, चैत्र कृष्ण नवमी तिथि)

मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मानसिक चिन्ता र अशान्ति बढ्नेछ । स्वास्थ्य प्रतिकुल रहनेछ । व्यापार व्यवसायमा सोचे जती लाभ मिल्न कठिन छ ।

वृषः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मनमा अशान्ति तथा स्वास्थ्यमा खरावी आउनेछ । व्यर्थको परिश्रम बढ्नेछ भने घाटाको सामना गर्नुपर्ला ।

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह
व्यापार व्यवसायमा सन्तुष्टिजनक लाभ मिल्नेछ । दाम्पत्य सुख प्राप्त हुनेछ भने यात्रामा लाभको सम्भावना देखिन्छ ।

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
शरीरमा स्फूर्ति र मनमा प्रसन्नता छाउनेछ । धन लाभ हुनेछ भने शत्रुमाथि विजय प्राप्त हुनेछ ।

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पढाईमा सफलता र सिर्जनात्मक कार्यमा रुचि बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । यात्रामा कष्ट र खर्च व्यहोर्नुपर्नेछ ।

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पारिवारिक कलह बढ्न सक्छ । मन अशान्त र निराश रहनेछ ।

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते
(धन , मान सम्मान प्राप्ति हुनेछ । आफन्तको साथ र सहयोग प्राप्त हुनेछ । पराक्रम वढेर जानेछ भने गरेका कार्य सिद्धि हुनेछन् ।

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु
बोलीको प्रभाव बढ्नेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । पारिवारिक जमघट तथा घरायसी सुख प्राप्त हुनेछ ।

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
मुहारमा कान्ति छाउनेछ । आँटेका कार्य पुरा हुनेछन् । धन , वस्त्र , आभूषण प्राप्त हुनेछन् भने कार्य सिद्धि हुनेछन् ।

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि
स्वास्थ्यमा खर्च, अनावश्यक यात्रा र कार्यमा बाधाले गर्दा शारीरिक र मानसिक तनाव र थकान बढ़्नेछ ।

कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द
आकस्मिक धनलाभ प्राप्त हुनेछ । मिष्ठान्न भोजन र अतिथि सरकार प्राप्त हुनेछ । सन्तान सुख पनि प्राप्त हुनेछ ।

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि
कार्यक्षेत्रमा सफलता प्राप्त हुने , उचित मान सम्मान प्राप्त हुनेछ । नवीन कार्यको सुरुवात गर्न दिन उपयुक्त रहनेछ ।

बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्
दिव्य ज्योतिष तथा वास्तु परामर्श केन्द्र, ९८४९१३७२८०

 

 

 

प्रकाशित मिति: शनिबार, चैत १२, २०७८  ०६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update