Kath Khabar
पहिलो कारोबार दिन नै घट्यो नेप्से

काठमाडौं, चैत्र १३ । साताको पहिलो कारोबार दिन आइतबार नै नेप्से घटेको छ । नेप्से आज ४१ दशमलव ४३ अंकले घटेर २५ सय ७२ दशमलव २३ अंकमा सीमित हुँदा सेन्सिटिभ पनि नौं दशमलव ५५ अंकले घटेर चार सय ७९ दशमलव ३९ अंकमा सीमित भएको छ । दुई सय ३२ वटा कम्पनीहरुको ६२ हजार एक सय ६४ पटकको कारोबारमा ८९ लाख २३ हजार १४ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम चार अर्ब ८९ करोड ९५ लाख १४ हजार चार सय १६ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएका छन् । ति मध्ये निर्जीवन बीमा समुहको सूचक बढेको छ भने वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका १२ वटा समुहहरूको सूचक घटेका छन् । 

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज जीवन विकास लघुवित्त वित्तीय संस्था, जनरल इन्स्योरेन्स कम्पनी, सानिमा जनरल इन्स्योरेन्स कम्पनी आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा मल्टिपर्पोज फाइनान्स, घलेम्दी हाइड्रो पावर कम्पनी, जानकी फाईनान्स आदि परेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने आज अपि पावर लिमिटेड, प्रभु इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर, गुराँस लाईफ इन्स्योरेन्स कम्पनी, सुर्या लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् । 
 

प्रकाशित मिति: आइतबार, चैत १३, २०७८  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update