काठमाडौं, चैत १४। पछिल्लो समय अत्यधिक मात्रामा ग्राहकले रुचाएको फोटोन टुनल्याण्डको नयाँ मोडल नेपाली बजारमा आउने भएको छ । टुनल्याण्ड इ प्लस गाडी केही समयभित्रै नेपाली बजारमा आउने नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले जानकारी दिएको हो ।
कुन स्पेसिफिकेसनको भन्ने विषयमा कम्पनीले अहिले धेरै कुरा खुलाएको छैन तर कम्पनीका सेल्स हेड नबिन आचार्यले भने पावर, लुक्स र पर्फमेन्समा जब्बर गाडी आउँछ, जसरी फोटोन टुनल्याण्डले चिनियाँ गाडी प्रति मानिसहरूले हेर्ने नजर परिवर्तन गरेको छ, यस विश्वासलाई फोटोन कायम राख्नेछ । कम्पनीले यसमा २.० लिटर क्षमताको डिजेल इन्जिन दिएको छ । उक्त यन्जिनले १४८ हर्स पावर प्रदान गर्नेछ भने अधिकतम टर्क ३२० एनएम रहेको छ । ट्रान्समिसन ६ फरवार्ड १ रिजर्भ सिस्टम भएकाले माइलेज पनि उत्कृष्ट रहने कम्पनीले जनाएको छ ।
पावर, लुक्स र पर्फमेन्सका कारण लोकप्रिय बन्दै गहिरहेको फोटोनले पछिल्लो समय आफ्नो डिलर र सर्भिस सेन्टर पनि आक्रामक रुपले वृद्धि गरिरहेको छ ।