Kath Khabar
झण्डै ३० अंंकले घट्यो नेप्से

काठमाडौं, चैत १४। नेप्से उच्च अंकले घटेको छ । साताको दोस्रो कारोबार दिन आज आज सोमबार नेप्से २९ दशमलव ९८ अंकले घटेर २५ सय ४२ दशमलव २८ अंकमा सीमित हुन पुगेको छ। यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव दुई अंकले घटेर चार सय ७४ दशमलव ३७ अंकमा सीमित हुन पुगेको छ । आज नेप्सेमा दुई सय ३१ वटा कम्पनीहरूको ४२ हजार सात सय १२ पटकको कारोबारमा ३९ लाख ५८ हजार नौ सय १४ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम दुई अर्ब ५४ करोड ५३ लाख २१ हजार आठ सय १४ रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएका छन् । ति मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त सहितका १३ वटै समुहहरूको सूचक उच्च अंकले घट्दा नेप्से पुरै रातो भएको छ । 

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, इर्मजिङ नेपाल लिमिटेड, न्यादी ग्रुप पावर लिमिटेड आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरूको सुचीमा आईसीएफसी फाइनान्स, प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनी, सानिमा जनरल इन्स्योरेन्स कम्पनी, घलेम्दी हाइड्रो पावर कम्पनी आदि परेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने जीवन विकास लघुवित्त वित्तीय संस्था, अपि पावर लिमिटेड, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड आदि परेका छन् । 
 

प्रकाशित मिति: सोमबार, चैत १४, २०७८  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update