Kath khabar
दैनिक राशिफल

काठमाडौं, चैत्र १५ । दैनिक राशिफल (वि.सं. २०७८ चैत्र १५ गते मंगलबार, तदनुसार ई.सं. २९ मार्च २०२२, चैत्र कृष्ण द्धाद्धशी तिथि)

मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आयमा वृद्धि तथा घरायसी सुख प्राप्ति हुनेछ। आफन्त तथा साथीभाईको सहयोग प्राप्त हुनेछ। मन प्रशन्न रहनेछ।

वृषः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आँटेको कार्य सबै पुरा हुनेछन्। कार्यक्षेत्रमा उचित मान-सम्मान तथा हौसला प्राप्त हुनेछ। पराक्रम बढ्नेछ।

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह
भाग्यको साथ मिल्नेछ भने धन सम्वन्धि समस्या समाधान हुनेछ । बोलीको प्रभाव बढ्नेछ, यात्रा सफल रहनेछ।

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
भागदौड बढ्नेछ भने काममा ढिलासुस्तीले गर्दा मानसिक तनाव र शाररिक थकान बढ्नेछ। पुरानो रोगले सताउन सक्नेछ।

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे
दाम्पत्य जीवनमा केहि मनमुटाव देखा पर्नेछ। साझेदारी व्यापारमा नोक्सानी तथा अत्याधिक खर्चको अवस्था रहनेछ।

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो
शरीरमा रोग र आलस्यले सताउनेछ। वादविवाद बढ्ने तथा खर्च र मानसिक तनाव पनि बढ्न सक्नेछ।

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते
रचनात्मक कार्यमा मन जानेछ। सन्तान सुख प्राप्त हुनेछ। प्रेममा सफलता प्राप्त हुनेछ भने पदोन्नति हुन सक्नेछ।

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु
यात्रामा लाभ र आनन्द मिल्नेछ।  धार्मिक कार्यमा मन जानेछ। पारिवारिक सुख प्राप्त हुनेछ ।

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
व्यर्थको भागदौड र यात्राले शारीरिक र मानसिक तनाव बढ्नेछ। अनावश्यक कार्यमा समय, उर्जा र धननाश हुन सक्छ।

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि
व्यापार-व्यवसायमा लाभ मिल्नेछ। दाम्पत्य तथा पार्टनर सुख प्राप्त हुनेछ।  कुटुम्बसँग पुर्नमिलन हुन सक्छ।

कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द
मुहारमा कान्ति र मनमा प्रशन्नता छाउनेछ। आँटेका कार्य सम्पूर्ण पुरा हुनेछन्। मिष्ठान्न भोजन प्राप्त हुनेछ।

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अध्ययन-अध्यापनमा गतिरोध उत्पन्न हुनेछ। सन्तान पक्षबाट पिडा तथा आर्थिक व्ययको सामना गर्नुपर्नेछ।

बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्
दिव्य ज्योतिष तथा वास्तु परामर्श केन्द्र, ९८४९१३७२८०

 

प्रकाशित मिति: मंगलबार, चैत १५, २०७८  ०५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update